मङ्सिर ४ मा चुनाव जित्ने उम्मेदवारबाट के चाहन्छ दमौली बजार ?

शिव सत्याल/सुवास श्रेष्ठदमौली । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चटारोले निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरूलाई छोपेको छ । चुनावी रौनकले आम मतदाता पनि उत्साही हुन थालेका छन् । पार्टीको तर्फबाट र स्वतन्त्र रूपमा निर्वाचनमा होमिएका उम्मेदवारहरू आफ्नो चुनावी प्रतिबद्धता र विकासका सपना बोकेर गाउँगाउँ तथा घरघर पसिरहेका छन् । उम्मेदवारी दर्तासँगै आफ्नो निर्वाचन क्षेत्रमा होमिएका उम्मेदवारहरू आफ्नो निर्वाचन क्षेत्रको विकास एजेण्डा पनि जनतासमक्ष पेस गरिरहेका छन् ।यस्