प्रधान सेनापतिद्वारा अधिकृत क्याडेटलाई आयुक्त पद प्रदान

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट र २७ औँ समूहको प्राविधिक अधिकृत आधार तालीम सम्पन्न भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा  क्याडेटले उच्चस्तरको आयुक्त पद कवाज प्रदर्शन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।   समारोहमा प्रधानसेनापति  थापाले चार विदेशी, २३ महिलासहित १५५ लाई उपसेनानी पदको आयुक्त पद प्रदान गरे । तालीममा ५६ समूहका दुई अधिकृत क्याडेटलाई पनि आयुक्त पद प्रदान गरिएको थियो ।   प्रधानसेनापति थापाले आआफ्...