कर्णाली नदीमा टिपर खस्यो

दैलेख : कर्णाली नदीमा आज राति टिपर खसेको छ। जिल्लाको आठबिस नगरपालिका-४ कोटेसल्ला भन्ने ठाउँमा टिपर दुर्घटना भएको हो। दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार बा५ख २१८३ नम्बरको टिपर कर्णाली नदीमा खसेको हो।  'टिपर कर्णाली नदीको बीचमा खसेको देखिएको छ। कहाँदेखि कहाँ जाँदै थियो भन्नेसम्म खुलिसकेको छैन,' श्रेष्ठले भने। टिपरमा कति जना सवार थिए भन्ने पनि नखुलेको श्रेष्ठले बताए। रातको समय भएकाले उद्धार गर्न नसकिएपछि उद्धार टोली त्यहाँबाट फर्किएको छ।