नयाँ बसपार्कमा भएको सामूहिक बलात्कार प्रकरणमा थप एक जना पक्राउ परेका छन् । योसँगै प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ । काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी सुदीप गिरीले ललितपुरबाट थप एक जनालाई बुधबार पक्राउ गरिएको अनलाइनखबरलाई बताए । उनका अनुसार योसँगै प्रकरणमा संलग्न सबै जना पक्राउ परेका छन् ।