टरीगाउँ विमानस्थलको इन्धन डिपोमा तालाबन्दी

१५ साउन, दाङ । दाङको टरिगाउँ विमानस्थलमा विमानमा इन्धन भर्ने ‘रिफ्युलर’ अन्यत्र लैजान खोजेपछि हवाई इन्धन डिपोको गेटमा तालाबन्दी गरिएको छ । टरिगाउँ विमानस्थलमा दुई महिनाअघि ल्याइएको रिफ्यूलरलाई सरकारले फिर्ता लैजान खोजेपछि रिफ्युलर र इन्धन डिपो राखिएको गेटमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीसहित तुलसीपुर उद्योग वाणिज्य संघको टोलीले तालाबन्दी गरेका हुन् । दाङको टरीगाउँ विमानस्थलमा […]

सम्बन्धित सामग्री

तुलसीपुर हवाई इन्धन डिपोमा तालाबन्दी

तुलसीपुरको टरिगाउँ विमानस्थलमा रहेको हवाई इन्धन डिपोको गेटमा तालाबन्दी भएको छ । दुई महिनाअघि ल्याइएको बाउजरलाई सरकारले फिर्ता लैजाने तयारी गरेपछि बाउजर र इन्धन डिपो राखिएको गेटमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले आइतबार संयुक्त रूपमा ताला लगाएका हुन् ।