विभिन्न संस्था र व्यक्तिलाई पुरस्कार

काठमाडौं। स्वावलम्बन विकास केन्द्रको ३२औं वार्षिकोत्सव कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्था पुरस्कृत भएका छन् । लघुवित्त अभियन्ता तथा केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठको सम्मानमा स्थापित ‘शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार’बाट छिमेक लघुवित्त वित्तीय संस्था पुरस्कृत भएको छ । गतवर्ष लघुवित्तको मर्म र भावना अनुसार लक्षित वर्गमा उत्कृष्ट वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गरेबापत २ लाख राशिको यो पुरस्कार प्रदान गरिएको हो ।  यसैगरी २०७९ सालको ‘उत्कृष्ट लघु उद्यमशीलता विकास पुरस्कार’बाट सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था पुरस्कृत भएको छ । १ लाख राशिको यो पुरस्कार हरेक वर्ष लघुवित्त सदस्यमाझ उद्यमशीलता विकासमा उत्कृष्ट काम गर्ने एउटा संस्थालाई प्रदान गरिन्छ । ‘उत्कृष्ट लघुउद्यमी सदस्य पुस्कार’बाट स्वावलम्बन लघुवित्त वित्तीय संस्थाकी सदस्य इलामकी बविता मारेम्लुङ, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका सदस्य बर्दियाकी फुलकुमारी थारू र उपकार लघुवित्त वित्तीय संस्थाकी सदस्य बाँकेकी प्रेमकुमारी वली पुरस्कृत भएका छन् । शून्य गरीबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको अवधारणा अनुरूप तीन शून्य क्लबको प्रवर्द्धन र गठनमा उत्कृष्ट काम गरेकोमा जीवन विकास लघुवित्त वित्तीय संस्था र तीन शून्य क्लब प्रवर्द्धन र गठनमा उत्कृष्ट सहयोगी व्यक्ति जीवन विकास लघुवित्तकै तालीम विभाग प्रमुख रञ्जना निरौलालाई प्रशंसापत्र प्रदान गरिएको छ ।  सिन्धुपाल्चोकको बाह्रबिसे–३ धार्पा गाउँलाई वातावरणमैत्री स्वावलम्बन गाउँ बनाउन उदाहरणीय कार्य गरेकोमा मानुषी लघुवित्त वित्तीय संस्था पनि सम्मानित भएको छ । लघुवित्त सदस्यहरूको उत्पादनको बजारीकरण मूल्य शृंखलामा उत्कृष्ट काम गर्ने नेपाल महिला सामुदायिक सेवा केन्द्र पनि सम्मानित भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तले सिद्धान्त र मर्म अनुसार काम गर्नुपर्ने बताए ।

सम्बन्धित सामग्री

शिवशिखर सहकारीका अध्यक्षमाथि सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान सुरु

१८ असार, काठमाडौं । बचतकर्ताको १४ अर्ब रुपैयाभन्दा बढी ठगेको आरोप लागेका विभिन्न सहकारीका सञ्चालक केदारनाथ शर्मामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । विभागले शर्मा सम्वद्ध विभिन्न संस्था र कम्पनीहरुको सम्पत्ति रोक्का राख्ने निर्णय पनि गरेको छ । ‘सहकारीमा बचतकर्ताको रकम ठगेको भनेर परेको उजुरीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ’, विभागका महानिर्देशक तारानाथ अधिकारीले […]

प्रेम आचार्यकी श्रीमतीले को–कोविरुद्ध प्रहरीमा जाहेरी दिइन्

काठमाडौं । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न संस्था र व्यक्तिको नाम उल्लेख गरी १२ विरुद्ध किटानी जाहेरी दिएकी छन् । उनले आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने कसुरमा अनुसन्धान गरी कारबाही गरी पाऊँ भनी जिल्ला प्रहरी परिसर काठमाडौँमा किटानी जाहेरी दिएकी हुन् । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले अधिकारीबाट घटनाको […] The post प्रेम आचार्यकी श्रीमतीले को–कोविरुद्ध प्रहरीमा जाहेरी दिइन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अमेरिकी संस्थाद्वारा तुलसालयसहित विभिन्न संस्था तथा व्यक्ति पुरस्कृत

अनाथ तथा असहाय व्यक्तिको उद्धार गरी आश्रय दिइरहेको तुलसालय आश्रमसहित विभिन्न संस्था तथा व्यक्तित्व पुरस्कृत भएका छन् ।शनिबार आयोजित कार्यक्रममा एनएण्डजे इन्टरटेनमेन्ट एनवाइ इन्क, अमेरिकाद्वारा ती संस्था तथा व्यक्तित्व पुरस्कृत भएका हुन् । ललितपुर महानगरपालिका–२५ भैँसेपाटीमा अवस्थित तुलसादेवी हरिहर फाउण्डेसनद्वारा सञ्चालित तुलसालय आश्रममा हाल २७ बालबालिका, ज्येष्ठ नागरिक र मानसिक रोग भएका आश्रित छन् । …

बर्थडे केक काट्दै हमालले भने : १८ वर्ष पुगेपछि उमेर गन्नै छाडिदिएँ !

काठमाडौं । अभिनेता राजेश हमालले ५८ औं जन्मदिन विभिन्न कार्यक्रमसहित सेलिव्रेसन गरेका छन् । जन्मदिन मनाउन विभिन्न संस्था, सेलेव्रिटी र ब्रान्डले बर्थडे सेरेमोनी आयोजना गरे । भक्तपुरमा आयोजित कार्यक्रममा उनले आफू अभिनित म्युजिक भिडियो ‘गुन्द्रुक तिउन’ सार्वजनिक गरे । उक्त अवसरमा हमालको बर्थडे केक काटियो । कार्यक्रममा टाँसिएको पोस्टरमा हमालको १८ औं जन्मदिन भनेर लेखिएको […]

किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंकले विभिन्न संस्था र स्थानीय तहसँग किसान कार्डमार्फत सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । आरएण्डडी इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग कृषि क्षेत्रको आधुनिकीकरणमार्फत आत्मनिर्भर एवम् व्यावसायिक कृषि उत्पादनका लागि कर्जा सहजीकरण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जानकारी दिएको छ । समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य,  आरएण्डडी इनोभेटिभ सोलुसन प्रालिकी

आईसीटी अवार्ड सम्पन्न, १२ विधामा विभिन्न संस्था र व्यक्तिलाई अवार्ड

काठमाण्डाै – सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्ड, २०२१ सम्पन्न भएको छ । लिभिङ विथ आईसीटी म्यागेजिनको आयोजना काठमाण्डौको सोल्टी होटलमा भएको अवार्डमा १२ विधा समावेश थिए । यस वर्षको स्टार्टअप आईसीटी अवार्ड खेती भेञ्चरलाई प्रदान गरिएको छ । त्यस्तै प्रडक्ट आईसीटी अवार्ड मिखालाई प्रदान गरिएको छ । राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड मशुरलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोट पश्चात पब्लिक भोटिङ गरिएको थियो । त्यस्तै व्यक्तिलाई प्...

भुइँचालोपछि उभिएको 'टेका'

'त्यो रात म राम्ररी सुत्नै सकिनँ। विभिन्न संस्था खटिरहे पनि जिल्ला बाहिरिनेको संख्या किन एकाएक बढ्यो भन्ने मनमा खट्किन थाल्यो,' उनले भनिन्, 'हामीले राहत वितरण गर्ने तरिका नै नमिलेको हो कि भन्ने पनि भयो।'

मिर्गौला पीडितलाई १६ लाख

तनहुँ । व्यास नगरपालिका–१ हाइस्कुलटारको नवयुवा क्लवले सोही वडा निवासी मिर्गौला पीडित आशमाया तामाङ्लाई आर्थिक सहयोग गरेको छ । क्लवका अध्यक्ष सनम तामाङ् र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेमार्फत शुक्रबार आशमायालाई रु १६ लाख १५ हजार सहयोग गरिएको हो । क्लबले टोल विकास संस्था, आमा समूह, महिला सञ्जाल, विभिन्न संस्था, विदेशमा रहेका शुभचिन्तकबाट सो आर्थिक […]

कारोना सनयन्त्रणका लागि वीउवा संघको सहकार्य

कोरोना नियन्त्रणका लागि वीरगन्ज उद्योग वाणिज्य संघले स्थानीयस्तरमा समेत विभिन्न उपचार सामग्रीहरु अस्पताललगायत विभिन्न संस्था तथा निकायलाई उपलब्ध गराउँदै आएको छ ।संघले कोरोनाको संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय, पर्सा, जिल्ला प्रहरी कार्यालय, पर्सासँग सहकार्य गरेको छ । अहिलेको विकट परिस्थितिमा पनि निजी क्षेत्रले सहकार्य गर्ने संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए ।हाल देखिएको कोरोना महामारीको […]