सुजिताको हत्यारालाई कारवाही गर्न कांग्रेसको माग

काठमाडौं। नेपाली कांग्रेसले पूर्वी चितवनको रहस्यमय अपराधको गहिरो अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न सरकारसग माग गरेको छ। “सुजिता भण्डारीको रहस्यमय ढंगले भएको मृत्युले गम्भीर आशंका जन्माएको छ। नौदिनसम्म उनी नभेटिनु,कसैको नियन्त्रण र अपहरणमा परेको सूचना उनले दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा जंगलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको छ,”प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित सामग्री

संसदमा कांग्रेसको माग 'गभर्नरले आतंकित बनाए, जथावाभी नबोल्न रुलिङ होस्'

नेपाल राष्ट्र बैंकका गभर्नरले जथावाभी बोलेर आतंकित पारेको भन्दै उनलाई जथाभावी नबोल्नको लागि रुलिङ हुनु पर्ने माग संसदमा उठेको छ । आजको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद मिन बहादुर विश्वकर्माले गभर्नरले सबैलाई आतंकित बनाएको भन्दै उनलाई जथाभावी नबोल्नको लागि रुलिङ हुनु पर्ने माग गरेका हुन्। सांसद विश्वकर्माले देशको अर्थतन्त्र बिग्रदै गएर श्रीलंका बन्ने अभिव्यक्ति गभर्नरले बारम्बार दिंदा २ देशबीचको सम्बन्धमा पनि असर पर्ने बताए । गभर्नरले देश श्रीलंका बन्ने अभिव्यक्ति दिंदा उद्योगी, ब्यापारी, किराना पसले, शेयर लगानीकर्ताहरु आंतकित बनेको सांसद विश्वकर्माले बताए । संसद विश्वकर्माले गभर्नरले देश श्रीलंका बन्छ भनेर आतंकित बनाउने नभई समाधान खोज्नेतर्फ अगाडी बढ्नु पर्ने उनले बताए । सांसद विश्वकर्माले सभामुखबाट गभर्नरमाथि जथावाथी अभिव्यक्ति नदिन र आन्तंकित नबनाउँनको लागि रुलिङ हुनु पर्ने माग गरेका छन् ।त्यस्तै माआवादी केन्द्रकी सांसद रेखा शर्माले राष्ट्र बैंकका गभर्नर एमाले पार्टीको विभागको सदस्य रहेकोले गभर्नरमाथि छानविन भई कारवाही हुनु पर्ने माग गरेकी छिन्। राष्ट्र  बैंक ऐन अनुसार राष्ट्र बैंकको गभर्नर कुनै पनि पार्टीको सदस्य हुन नहुने ब्यबस्था रहेकोले गभर्नरमाथि छानविन हुनु पर्ने उनले बताईन् । संसदको शुन्य समयमा बोल्ने अन्य सांसदले पनि गभर्नरमाथि छानविन हुनु पर्ने माग गरेका छन् ।नेकपा एमालेले पार्टीको अर्थ विभागको सदस्यमा एम अधिकारी, खोटाङ लाई मनोनित गरेको थियो । ति व्यक्ति गभर्नर नै भएको भन्दै उनको आलोचना भईरहेको छ ।

फोरलेन सडक नबनाउने ठेकेदारलाई कारवाही गर्न कांग्रेसको माग

११ चैत,  दाङ । घोराही–तुलसीपुर फोरलेन सडक निर्माणमा ठेकेदारले चरण लारवाही गरेको भन्दै नेपाली कांग्रेस दाङले कारबाहीको माग गरेको छ । नेपाली कांग्रेस दाङले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै सडक निर्माणमा भएको ढिलासुस्तीका कारण २२ जनाले ज्यान गुमाउनु परेको भन्दै लापरबाही गर्ने ठेकेदारलाई कारवाही गर्दै सडक निर्माणको कार्यलाई अघि बढाउन आग्रह गरेको हो […]

रामपुर क्याम्पस घटनाका दोषीलाई कारवाही गर्न कांग्रेसको माग

चितवन, ४ बैशाख । नेपाली कांग्रेस संसदीय दलले रामपुर कृषि क्याम्पस, चितवनमा नेपाल विद्यार्थी सङ्घका विद्यार्थीमाथि भएको साङ्घातिक हमलाको निन्दा गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज विज्ञप्तिमार्फत घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका हुन् । साथै उनले शैक्षिक क्षेत्रलाई प्राज्ञिक थलोका रुपमा […]

बाग्लुङ घटनाका दोषीलाई कारवाही गर्न कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेसले बाग्लुङको बडीगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा आइतबार भएको घटनाको छानबिन गर्न माग गरेको छ। दर्लिङ बल्देधुरीमा होली खेल्न भेला भएका युवाहरुबीच झडप हुँदा दुई जनाको मृत्यु भएको थियो। झडपमा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको छ। उनीहरुको शव भीरबाट ५०० मिटर तल भेटिएको थियो। कुँवर कांग्रेस बाग्लुङ जिल्ला समितिका सदस्य हुन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरी घटना अमानवीय र अत्यन्तै निन्दनीय भएको ट...

बैतडी घटनाका दोषीलाई कारवाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेस केन्द्रीय महिला विभागले बैतडीको दोगडाकेदार गाउँपालिकामा भगीरथी भट्टको बलात्कार र हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।विभागका सचिव लक्ष्मी खतिवडाले विज्ञप्तिमार्फत उक्त घटनाको भत्र्सना गर्दै सोको अनुसन्धानमा कुनै लापरवाही नगर्न आग्रह गरेकी छन् । विभागले पीडितलाई न्याय दिलाउनका लागि खबरदारी गर्न कांग्रेस बैतडीसँग समन्वय गरी स्थलगत अवलोकनसहित […]