राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

चैत २१, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको सवा दुई घण्टाको अवधिमा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २२१ ओटा धितोपत्रमध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५९६ दशमलव ५० र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको रू. १ हजार २७७ दशमलव ३० कायम भएको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।   

सम्बन्धित सामग्री

गभर्नरको बर्खास्तीकै माग गर्ने लगानीकर्ता निलम्बनबाट पनि भएनन् उत्साहित

चैत २८, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार नेप्से परिसूचक ४४ दशमलव ६४ अंक अर्थात् १ दशमलव ८१ प्रतिशत घटेको छ । नेप्से परिसूचक २ हजार ४१९ दशमलव ७१ विन्दुमा झरेको हो ।  वाणिज्य बैंकले वैशाख महीनाको लागि ब्याजदर नबढाउने समहति गरेसँगै सोमवार बजार खुलेको ५ मिनेटमा ४० अंक बढेर २ हजार ५०७ विन्दुसम्म पुगेको थियो । यसोत बजार बढेको बेलामा ट्रेडर हावी भएका छन् । सोही कारण बजार घटेको हो । पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभाव र ब्याजरदर वृद्धिले शेयर बजारलाई नराम्रोसँग असार परेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले  गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्त गरेपछि शेयर लगानीकर्ता उत्साहित भएका भनिएता पनि सोमवारको बजारमा त्यस्तो देखिएन । समग्र देशको अर्थतन्त्र नै विग्रदो अवस्थामा रहेको भन्दै टिकाटिप्पणी हुन थालेसँगै लगानीकर्ताको मनोबल घट्दै गएको देखिन्छ ।   अब वैशाख लागेसँगै सूचीकृत कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्न शुरु गर्नेछन्, बैंकहरुले वैशाखका लागि ब्याजदर नबढाउने घोषणा गरेका छन् । यी कारणले गर्दा पनि अब बजार विस्तारै लयमा फर्कने अनुमान लगाउन सकिन्छ ।  कारोबारमा आएका २३३ धितोपत्रको ५० लाख ९५ हजार ३४ कित्ता शेयरको ४० हजार ५०७ पटकमा रू. २ अर्ब २६ करोड ७ लाख ६ हजार ६२ बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २३३ धितोपत्रमध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत र जाल्पा सामुदायिक लघुवित्तको ९ दशलमव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७० र जाल्पा सामुदायिक लघुवित्तको रू. ४९१ दशमलव १० पुगेको छ । सोमवार सबैभन्दा बढी इमर्जिङ नेपालको शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशलमव ९८ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १ मा झरेको छ ।  त्यसैगरी दोस्रोमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशत घटेर रू. १ हजार ३८० कायम भएको हो । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री नेपाल लाइफ  इन्स्योरेन्सको रू. १६ करोड ५२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । दोस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको रू. ७ करोड २१ लाख बराबरको भएको हो ।

राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

चैत २२, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको करीब दुई घण्टाको अवधिमा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २१९ ओटा धितोपत्र मध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको हो । उक्त अवधिसम्ममा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।   नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४०५ र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य रू.१ हजार ७५६ दशलमव १० पुगेको छ । ती दुबै कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेका हुन् ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो, १ अर्ब ८९ करोड बराबरको शेयर किनबेच

चैत १७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक २३ दशमलव ९५ अंक घटेको छ ।  नेप्से परिसूचक २ हजार ५४४ दशलमव ३० विन्दुमा झरेको हो । यस अवधिमा कारोबारमा आएका २२८ धितोपत्रको ३७ लाख ७ हजार ४५ कित्ता शेयरको ३७ हजार ४२९ पटकमा रू. १ अर्ब ९ करोड १ लाख ६४ हजार ६६ बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका २२ ओटा धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । इमर्जिङ्ग नेपालको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएकाले सकारात्मक सर्किट लागेको हो ।  इमर्जिङ्ग नेपालको शेयरमूल्य रू. १ हजार २२४ दशमलव ८०, राष्ट्र उत्थान लघुवित्तको रू. १ हजार ३१९ दशमलव ५० र नेष्डो समृद्ध लघुवित्तको रू. १ हजार ५५ दशलमव ७० कायम भएको छ । त्यसैगरी बिहीवार सबैभन्दा बढी नारायणी डेभलपमेण्ट बैंकका शेयरधनीले गुमाएका छन् ।  कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ७९ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । शेयरमूल्य प्रतिकित्ता रू. ४७१ कयम भएको छ । त्यसैगरी दोस्रोमा युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ४ दशमलव ५३ प्रतिशत घटेर रू. ३३५ कायम भएको छ ।  बिहीवार सर्वाधिक शेयर खरीदविक्री इमर्जिङ नेपालको भएको हो । कम्पनीको रू. ९ करोड २३ लाख बराबरको शेयर खरीदविक्री भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एभरेष्ट इन्स्योरेन्सको रू. ८ करोड ९५ लाख बराबरको शेयर खरीद विक्री भएको हो । कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक शून्य दशलमव ७१ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो ।  समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशत, होटल एण्ड टुरिजम समूहको २ दशलमव ५१ प्रतिशत, विकास बैंक समूहको २ दशमलव ३१ प्रतिशत, हाइड्रोपावर समूहको १ दशलमव ८५ प्रतिशत, वित्त समूहको २ दशमलव ७६ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४५ प्रतिशत, अन्य समूहको १ दशमलव २६ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ९ प्रतिशत, जीवन बीमा कम्पनीको १ दशमलव २२ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ६२ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ७६ प्रतिशतका दरले घटेको हो ।  बिहीवार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि घटेको छ । पछिल्लो समय बजार थोरै बढ्दा पनि विक्रेता हावी भएको देखिन्छ । लगानीकर्ताको मनोबल कमजोर भएकाले पनि यस्तो देखिएको हो । एकातिर भने बजार घट्दै जादा कारोबार रकम पनि घट्दा अब लगानीकर्ताले सस्तो मूल्यमा शेयर बेच्न चाहेका छैनन् भने खरीदकर्ताले पनि मँहगोमा शेयर किन्न सकेको छैनन् भन्ने बुझिन्छ । सोही कारण पनि पछिल्लो समय कारोबार रकम घट्दै गएको देखिन्छ ।

४० अंक बढेर २५६८.२५ विन्दुमा नेप्से, २ अर्ब २५ करोड बराबरको शेयर खरीदविक्री

चैत १६, काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ४० दशलमव ६८ अंक बढेर २ हजार ५६८ दशमलव २५ विन्दुमा पुगेको छ ।  यो दिन कारोबारमा आएका २३२ धितोपत्रको ४५ लाख २ हजार ५११ कित्ता शेयरको ३६ हजार ११ पटकमा रू. २ अर्ब २५ करोड बराबरको शेयर खरीदविक्री भएको हो । यो दिन कारोबारमा आएका ती धितोपत्रमध्ये तीन ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । इमर्जिङ्ग नेपालको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि र  नेपाल राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।   यो दिन इमर्जिङ्ग नेपालको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ११३ दशमलव ५०,नेपाल राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको रू. १ हजार १९९ दशमलव ६० र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको रू. ९५९ दशलमव ८० पुगेको छ । त्यसैगरी बुधवार ९.५ ∞एनसीसी डिबेञ्चर २०८६ नामक ऋणपत्रको मूल्य २ प्रतिशत घटेर रू. ९२१ दशमलव २० कायम भएको छ ।  त्यसैगरी दोस्रोमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य १ दशलमव ९५ प्रतिशत घटेर रू. १९ हजार २ कायम भएको हो ।  बुधवार सर्वाधिक शेयर खरीदविक्री सिद्धार्थ इन्स्योरेन्स कम्पनीको भएको छ । कम्पनीको रू. ११ करोड २७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २५ कायम भएको छ । यस कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार रहेकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गते बुक क्लोज गरेको थियो । आव २०७७/ ७८ सम्मको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डपमा हुने जानकारी दिएको छ । यो दिन सर्वाधिक शेयर खरीदविक्री गर्ने दोस्रोमा प्रभु इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीको संस्थापकतर्फको रू. १० करोड ९२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ ओटै समूहकै परिसूचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको हो । बैंकिङ समूहको परिसूचक शून्य दशलमव २३ प्रतिशत, व्यापार समूहको शून्य दशलमव ३८ प्रतिशत,होटल एण्ड टुरिजम समूहको २ दशमलव ५१ प्रतिशत,विकास बैंक समूहको ३ दशलमव ३२ प्रतिशत,हाइड्रोपावर समूहको २ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ ।  यस्तै वित्त समूहको ३ दशलमव २९ प्रतिशत,निर्जीवन बीमा समूहको १ दशमलव ५८ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ४९ प्रतिशत,अन्य समूहको ४ दशमलव १२ प्रतिशत,लघुवित्त समूहको १ दशमलव ४३ प्रतिशत,जीबन बीमा समूहको १ दशमलव ४८ प्रतिशत,म्युचुअल फण्ड समूहको १ दशमलव ३ प्रतिशत र लगानी समूहको परिसूचक २ दशलमव ७६ प्रतिशतका दरले वृद्धि भएको हो । बुधवार नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।  केही महीनादेखि अधिकांश बुधवार घटेको बजार यसपालिको बुधवार भने बढेर बन्द भएको छ । अव विस्तारै वित्तीय प्रणालीमा तरलता सहज हुनेछ । वैशाख महीना लागेसँगै सूचीकृत कम्पनीहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेछन् । यसले गर्दा पनि खरीदकर्ता आकर्षित हुने देखिन्छ । त्यसोत यो बीचमा बजार धेरै घटिसकेको छ  । घटेको बजारमा खरीदकर्ता हवी भएकाले पनि बुधवार बजार बढेको देखिन्छ ।

५ महीनापछि एकै पटक ६ ओटा कम्पनीले पाए आईपीओ निष्कासन गर्ने अनुमति

माघ १०, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले ५ महीनापछि एकै पटक ६ ओटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।  गत साउन १४ गते बुद्धभुमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएपछि रोकिएको आईपीओ स्वीकृतिको प्रकृयाले निरन्तरता पाएको हो । बोर्डले माघ ९ गते बलेफी हाइड्रोपावर, ग्रीन भेन्चरस् लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।  बलेफि हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण समेतमा कुल ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । बोर्डले यो कम्पनीलाई स्थानीयका लागि रू. ३६ करोड ५५ लाख ९४ हजार बराबरको शेयर निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले उक्त शेयर निष्कासन गर्न बोर्डमा २०७७ साल फागुन २५ गते निवेदन दर्ता गराएको थियो ।  त्यस्तै, ग्रीन भेन्चरस् लिमिटेडले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा कुल ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २०७७ साल फागुन २८ गते बोर्डमा निवेदन दिएको थियो । यो कपनीलाई रू. ६२ करोड ५० लाख बराबरको शेयर स्थानीयका लागि निष्कासन गर्न अनुमति दिइएको छ । त्यसैगरी, जाल्पा सामुदायिक लघुवित्तलाई रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता र राष्ट्र उत्थान लघुवित्तलाई रू. ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न स्वीकृति दिइएको हो । जाल्पा सामुदायिक लघुवित्तले २०७८ साल असार २० गते र राष्ट्र उत्थान लघुवित्तले २०७८ साल असार २४ गते बोर्डमा निवेदन दिएका थिए । नेष्डो समृद्ध लघुवित्तले रू. ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । यो कम्पनीले २०७८ असार ६ गते बोर्डमा निवेदन दिएको थियो । त्यसैगरी इमर्जिङ नेपाललाई रू. ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिइएको छ । यो कम्पनीले गत असार १७ गते आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको थियो ।  प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ पश्चात पछिल्लो समय आईपीओ निष्कासन भएको छैन । सामलिङ पावरले कात्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहँदा आईपीओ स्वीकृति प्रक्रियामा पनि ढिलाई भएको हो ।  बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई सरकारले बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेण्टको शेयर गैरकानूनी रुपमा खरीद गरेको आरोपमा गत असोज १९ गते बर्खास्त गरेको थियो । सो पश्चात बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ ।  आईपीओका लागि बोर्डले स्वीकृति प्रदान गरेका कम्पनीहरु :                                                                          स्रोतः नेपाल धितोपत्र बोर्ड

२४ लाख ६७ हजार कित्ता आईपीओ ल्याउने तयारीमा ४ ओटा लघुवित्त कम्पनी

भदौ ५, काठमाडौं ।  चार ओटा लघुवित्त कम्पनीले कुल २४ लाख ६७ हजार बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरिरहेका छन् ।   राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था,जाल्पा लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।   ती चार ओटा कम्पनीमध्ये सबैभन्दा बढी राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन  गर्नेछ । उक्त कम्पनीले आईपीओ निष्कासनको अनुमति पाउन गत असार २४ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ पनि गराइसकेको छ । उक्त आईपीओलाई इक्रा नेपालले इक्रा आईआर बीबी रेटिङ प्रदान गरको छ । यस्तो रेटिङले कम्पनीले समयमा नै दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १ करोड ६५ लाख खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. ४ करोड ९५ लाख ६९ हजार पुगेको हो । खुद ब्याज आम्दानीमा वृद्धि,सञ्चालन नाफामा वृद्धि र रू. १६ लाख २२ हजार खराब कर्जा उठाएकाले गत आवमा कम्पनीको नाफा बढ्न टेवा पुगेको हो ।   त्यसैगरी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका धितोपत्र बोर्डमा गत असार ६ गते निवेदन दिएको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको खुद नाफा गत आवमा ६६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. ९ करोड ७८ लाख ८७ हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. १६ करोड ३३ लाख ८ हजार पुगेको हो । गत आवमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएकाले कम्पनीको नाफामा वृद्धि भएको हो । अघिल्लो आवको तुलनामा गत आवमा खुद ब्याज आम्दानी १ दशमलव ४६ प्रतिशत र सञ्चालन नाफा ७१ प्रतिशतले वृद्धि भएको छ ।  त्यसैगरी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ लाख २२ हजार कित्ता आइपीओ निष्कासन गर्नका लागि गत असार २० गते निवेदन दिएको छ । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।   कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले इक्रा एनपीआइआर बिबि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले जोखिम मध्यम रहेको देखाउँछ ।  उक्त कम्पनीले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराएको हो ।  त्यसैगरी उपकार लघुवित्त वित्तीय संस्थाले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्न गत साउन १३ गते धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त कम्पनीको नाफा पनि अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवमा सोही अवधिमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । अघिल्लो आवमा रू. ४७ लाख ९० हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीको नाफा गत आवमा वृद्धि भएर रू. ६ करोड १३ लाख २६ हजार पुगेको छ ।  गत अवमा कम्पनीको खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफामा पनि वृद्धि भएको छ । सो अवधिमा रू. ४९ करोड ७५ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएको छ ।   उपकार लघुवित्त र नेष्डो समृद्ध लघुवित्तले रेटिङ गराएका भने छैनन् । ती चारवटै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछन् ।                                                                स्रोत : सेबोन र कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरणमा आधारित