काठमाडौं।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगान सरकारका प्रतिनिधि र तालिबानबीच भएको संवादलाई निरन्तरता दिने सहमतिको स्वागत गरेका छन्।अफगान सरकारका प्रतिनिधि र तालिबानबीच कतारको दोहामा वार्ता भएको थियो।दोहा वार्तापछि गत आइतबार उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै समस्याको समाधान शान्तिपूर्ण तरिकाले निकालिने बताएका थिए।राष्ट्रसंघका महासचिवले विज्ञप्ति जारी गर्दै अफगानिस्तानको शान्ति बहालीका लागि प्रयास गर्न अन्तर्राष्ट्रिय समुदायलाई आव्हान समेत गरेका छन्।