निगम सुधारमा बेवास्ता

सरकारी संस्थानको बेथितिको उदाहरणमा लिइने नेपाल वायुसेवा निगमको सुधारका लागि सरकारले पटकपटक गरी नौवटा अध्ययन समिति बनाए पनि तिनको कार्यान्वयन गर्ने पहल भने कुनै पनि सरकारले गरेको पाइँदैन । अध्ययन समितिको सुझावलाई बेवास्ता गर्ने हो भने किन पटकपटक अध्ययन गर्नु परेको हो ? यसको जवाफ सरकारले दिन सक्दैन । पछिल्लोपटक नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको समितिले पनि निगमको सुधारका लागि महत्त्वपूर्ण सुझाव दिएको छ । यसको पनि कार्यान्वयन हुने सम्भावना कमै देखिन्छ । नेपाल वायुसेवा निगमले कुनै बेला नेपालबाट हुने अन्तरराष्ट्रिय उडानमा ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको थियो र यूरोपका प्रमुख शहरबाट यसले खर्चालु पर्यटक ल्याउँथ्यो । क्रमश: ओरालो लागेर निगम जहाजविहीन अवस्थासम्म पुग्यो । अहिले जहाज भएर पनि उसले पर्याप्त उडान गर्न सकेको छैन भने कतिपय उडान त रित्तै पनि भएको समाचार आइरहेका छन् । यसो हुनुको कारण निगमले सही व्यावसायिक रणनीति बनाउन नसक्नु र हवाई सेवाको व्यापार नबुझ्नु पनि हो । अहिले एकातिर यूरोपेली संघको कालोसूचीमा परेकाले यूरोपतर्फ व्यवसाय विस्तार गर्न सकेको छैन भने सम्भावना भएका क्षेत्रमा पनि उसको क्षमताले व्यवसाय खोज्न सकेको छैन । साथै देशको कूटनीतिक क्षमता कमजोर भएकाले पनि यसमा केही असर पारेको देखिन्छ । कोरिया, चीन, कतार आदि मुलुकका वायुसेवा कम्पनीले प्रशस्त उडान गरे पनि तिनले नेपाल वायुसेवा निगमलाई उनीहरूको देशमा उडान अनुमति दिन मानिरहेका छैनन् । त्यसबाहेकका अन्य गन्तव्य खोज्न पनि निगम असफल हुँदै गएको छ । यस्तो बेला तीनओटा नयाँ विमान थप्ने योजनामा निगम छ । जति धेरै विमान हुन्छ त्यति नै वायुसेवाको व्यवस्थापन गर्न सहज हुन्छ भन्ने मानिन्छ । राम्रोसँग उडान तालिका मिलाउन सके त्यसले खर्च कम गर्न मद्दत गर्छ । तर, भएकै विमान उडान नसकेको अवस्थामा नयाँ विमान किन भन्ने प्रश्न उठ्नुचाहिँ स्वाभाविक हो ।  निगमको ठूलो समस्या यसको व्यवस्थापनमा राजनीतिक हस्तक्षेप हुनु हो । मन्त्री फेरिएपिच्छे यसको कार्यकारी प्रमुख र अध्यक्ष फेर्ने गरिएको छ । उसले कुनै व्यावसायिक योजना बनायो भने त्यसको कार्यान्वयन गर्न नपाई हट्नुपर्छ । नयाँ मन्त्री आउनासाथ यही उपक्रम शुरू हुन्छ । सरकारकै नीतिका कारण निगम असफल भएको कुरा सरकारले गठन गरेका अहिलेसम्मका आठओटा अध्ययन समितिको निष्कर्ष रहेको छ । निगम सुधार्ने हो भने कुनै न कुनै तरीकाले यसमा निजीक्षेत्रलाई प्रवेश गराउनुपर्छ । प्राय: सबैजसो अध्ययन समितिले यसलाई सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्न र रणनीतिक साझेदार ल्याउन सुझाव दिएको पाइन्छ । रणनीतिक साझेदार ल्याउन पहल हुँदै नभएको होइन तर त्यो प्रक्रिया बीचमै रोकिएको पाइन्छ । निगम सुधार्ने हो भने कुनै न कुनै तरीकाले यसमा निजीक्षेत्रलाई प्रवेश गराउनुपर्छ । प्राय: सबैजसो अध्ययन समितिले यसलाई सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्न र रणनीतिक साझेदार ल्याउन सुझाव दिएको पाइन्छ । तर, त्यसको कार्यान्वयन अहिलेसम्म भएको छैन ।  वायुसेवा सञ्चालन निकै प्राविधिक विषय हो । यसमा सही व्यवस्थापन भएन भने डुब्न धेरै समय लाग्दैन । भारतमा किङफिशर कम्पनी गलत रणनीतिका कारण डुबेको हो । नेपालमै पनि निजीक्षेत्रको सफल वायुसेवा निकोन अहिले इतिहासमा सीमित भइसकेको छ । निगमचाहिँ सरकारी कम्पनी भएकाले कुनै न कुनै तरीकाले सञ्चालन भइरहेको छ । यसरी सरकारले सधैं काँध थापेर जनताले तिरेको करबाट घाटामा निगम चलाइरहनु कत्तिको जायज हुन्छ ? यस विषयमा बहस हुनुपर्छ । पर्यटन व्यवसायका लागि निगमको सेवा निकै महत्त्वपूर्ण हुन्छ किनभने यसले एकातिर अन्य कम्पनीले भन्दा सस्तोमा पर्यटक ल्याउँछ भने अर्को मुलुकले विदेशी मुद्रा पनि आर्जन गर्छ । तर, निगमले न त आन्तरिक न त अन्तरराष्ट्रिय उडानमा राम्रो सेवा दिन सकेको छ । निगम भ्रष्टाचारकै कारण थला परेको हो । त्यसैले यसलाई निजीक्षेत्रलाई दिनु वा निजीक्षेत्रलाई पनि प्रवेश गराउनु नै समाधानको उपाय हुन सक्छ । निजीक्षेत्र प्रवेश पायो भने उसले हरेक हिसाब हेर्छ र यसको व्यवस्थापन शेयरधनीप्रति जिम्मेवार बन्नुपर्छ । अहिलेसम्म कुनै पनि सरकारले यसमा निजी क्षेत्रलाई प्रवेश गराउन हिम्मत गरेनन्, अहिलेको सरकारले हिम्मत गर्ला त ? 

सम्बन्धित सामग्री

पश्चिमले रुस र पुटिनलाई बेवास्ता गर्न सक्दैन

रुस अझै विश्वको महत्वपूर्ण खेलाडी रहिरहने हुनाले पनि उसलाई बेवास्ता गर्नु हुँदैन आमअनुमानअनुरूप नै भ्लादिमिर पुटिन पुनः रुसका राष्ट्रपति बनेका छन् । राष्ट्रपतिका रूपमा यो उनको पाँचौँ कार्यकाल हो । गत साताको निर्वाचनको...

वैकल्पिक सडक प्रयोगमा बेवास्ता

गुल्मी– पाल्पामा वैकल्पिक सडकको प्रयोगमा बेवास्ता गरिएको छ । हाल स्तरोन्नति भइरहेको जोर्ते सडक खण्डको विकल्पका रूपमा अर्को सडक भए पनि त्यसको प्रयोगमा भने बेवास्ता भइरहेको हो । जिल्लाको तानसेन नगरपालिका–१४ अर्गलीको अर्गली चोकबाट रानीमहल हुँदै सदरमुकाम तानसेन पुग्न सकिने सहज सडक छ । कालिगण्डकी करिडोरअन्तर्गत अर्गली–रानीमहल सडक र रानीमहलबाट तानसेन पुग्नका लागि कालोपत्रे फराकिलो […]

जलवायु परिवर्तनलाई बेवास्ता नगर्न उपमेयर डंगोलको आग्रह

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले जलवायु परिवर्तनलाई बेवास्ता गरिए विकासका लागि गरिएका प्रयासहरूको सकारात्मक नतिजा नआउने बताएकी छिन् । सोमबार सुरु भएको जलवायु परिवर्तनसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रममा उनले यस्ता परिवर्तनलाई बेवास्ता...

कोरोना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो।

सरकारले बेवास्ता गरेको द्वन्द्वपीडितको गुनासो

द्वन्द्वकालीन घटनाका पीडितहरुले सरकारले बेवास्ता गरेको गुनासो गरेका छन्। बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनमा संशोधन संक्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रियामा सहभागी द्वन्द्वपीडितहरुले यस्तो गुनासो गरेका हुन्।...

ओमिक्रोनलाई बेवास्ता नगर्न डब्लुएचओको आग्रह

हालसम्मकै सबैभन्दा उच्च संक्रामक देखिएको ओमिक्रोन भेरियन्टलाई बेवास्ता गरिएकोमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले हालसम्म ७७ वटा देशमा पुष्टि भइसकेको भेरियन्ट पहिले नै फैलिइसकेको हुन...

स्टार्टअप व्यवसायलाई बजेटको बेवास्ता

अध्यादेश बजेटलाई विस्थापन गर्दै आएको चालू आर्थिक वर्ष २०७८/७९ को बजेटले स्टार्ट अप व्यवसायलाई बेवास्ता गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधिसभामा पेश गरेको प्रतिस्थापन विधेयकले स्टार्ट अपलाई बेवास्ता गरेको हो ।यसअघि निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेटमा परियोजना धितो राखेर एक प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म पूँजी कर्जा उपलब्ध गराउने व्यवस्था गरेको थियो । यस्तै, स्टार्टअप दर्ता, नवीकरण तथा अन्य सेवा एकद्वार प्रणालीमार्फत दिने व्यवस्था पौडेलले गरेका थिए ।

यी लक्षणलाई नगर्नुस् बेवास्ता, हुन सक्छ मिर्गौलाको पत्थरी

पत्थरीको समस्या आजकल धेरैजनालाई हुने गर्छ । मिर्गौलामा पत्थरी भएपछि असहनीय पीडा हुन्छ । गलत खानपिन र कम पानी पिउने बानीले पत्थरी हुन्छ । पत्थरी हुनुअघि शरीरले विभिन्न संकेतहरू दिन थाल्छ । तर मानिसहरू त्यसलाई बेवास्ता गरिबस्छन् । यहाँ हामी केही त्यस्ता संकेतका बारेमा बताउँछौं जसलाई पटक्कै बेवास्ता गर्नुहुँदैन । पिसाब गर्दा तीव्र पीडा मिर्गौलाको पत्थरीबाट पीडित रोगीले सूसू गर्दा तीव्र पीडा अनुभव गर्छ । पत्थरी मूत्रनली हुँदै मूत्राशयमा पुग्दा यस्तो हुन्छ । यसो भइरहँदा मूत्रमार्गमा संक्रमण पनि हुन सक्छ । पिठ्युँ दुख्ने कम्मर...

यी ६ लक्षणलाई नगर्नुस् बेवास्ता, हुन सक्छ पत्थरी

​पत्थरीको समस्या आजकल धेरैजनालाई हुने गर्छ । मिर्गौलामा पत्थरी भएपछि असहनीय पीडा हुन्छ । गलत खानपिन र कम पानी पिउने बानीले पत्थरी हुन्छ । पत्थरी हुनुअघि शरीरले विभिन्न संकेतहरू दिन थाल्छ । तर मानिसहरू त्यसलाई बेवास्ता गरिबस्छन् । यहाँ हामी केही त्यस्ता संकेतका बारेमा बताउँछौं जसलाई पटक्कै बेवास्ता गर्नुहुँदैन । पिसाब गर्दा तीव्र पीडा मिर्गौलाको पत्थरीबाट पीडित रोगीले सूसू गर्दा तीव्र पीडा अनुभव गर्छ । पत्थरी मूत्रनली हुँदै मूत्राशयमा पुग्दा यस्तो हुन्छ । यसो भइरहँदा मूत्रमार्गमा संक्रमण पनि हुन सक्छ । पिठ्युँ दुख्ने कम्म...