मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको शपथ आजै, दिपक मनाङे मन्त्री बन्दै

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कृष्णचन्द्र नेपाली पोखरेलको शपथ आज शनिवारै गराउने तयारी हुँदैछ । मुख्यमन्त्री नेपालीले जनता समाजवादी पार्टीका हरिशरच आचार्य, स्वतन्त्र सांसद दीपक मनाङे र माओवादीका १ सांसदलाई मन्त्रीको नियुक्ति दिएर शपथको तयारी भइरहेको छ । लामो रस्साकस्सीबीच प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८(५) बमोजिम शनिवार साँझ नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।  यसअघि नियुक्तिका लागि दबाव दिन गण्डकी प्रदेश सभाका विपक्षी गठबन्धनले प्रदेश प्रमुख निवासमा धर्ना दिएका थिए ।  का...

सम्बन्धित सामग्री

गण्डकी प्रदेश मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन्। शुक्रबार प्रदेशसभामा भएको मतदानमा पोखरेलको पक्षमा ३१ मत परेको हो। सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभाका बहुमत सदस्यले पक्षमा मतदान गरेकाले पोखरेललाई सभाको विश्वासको मत रहेको घोषणा गरे। उनको विपक्षमा २७ मत पर्यो। पोखरेलको पक्षमा काँग्रेस, माओवादी, जसपा र स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे)ले मतदान गरेका हुन्।

दिपक मनाङेलाई मनाउन गणेश लामा पोखरा पुगेपछि…

काठमाडौं, २७ जेठ । गण्डकी प्रदेशको सत्तासंघर्षमा निर्णायक शक्ति बनेका स्वतन्त्र सांसद दिपक मनाङे सम्पर्कविहिन भएका छन् । आज मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले विश्वासको मत लिन लाग्दा प्रदेशका युवा तथा खेलकुदमन्त्री रहेका मनाङे सम्पर्कविहिन भएका छन् । मनाङेले मुख्यमन्त्री गुरुङ्गलाई विश्वासको मत नदिने निश्चितप्रायः भएको छ । उनले काँग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने सम्भावना देखेपछि […]