बहुमत गुमाएपछि राजीनामा दिन सुझाव

नेपाली कांग्रेसले गण्डकी सरकार अल्पमतमा परेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएको छ।

सम्बन्धित सामग्री

विश्वासको मत नपाउने अवस्थामा राजीनामा दिन मुख्यमन्त्रीलाई कांग्रेस सांसदको सुझाव

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका सांसदहरूले मुख्यमन्त्री कमलबहादुर शाहलाई बहुमत पाउने अवस्थामा मात्रै विश्वासको मत लिन सुझाव दिएका छन् । आज बिहान बसेको संसदीय दलको बैठकमा सरकारले विश्वासको मत पाउन सक्ने वा नसक्नेबारे जानकारी राखेका थिए । मुख्यमन्त्रीले बहुमतको प्रयास जारी रहेको समेत बताएका थिए । सांसदहरूले मत परीक्षण गर्ने या राजीनामा दिने अधिकार […]

ट्वीटरको प्रमुख कार्यकारी पदबाट राजीनामा दिने मस्कको घोषणा

काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले ट्वीटर कम्पनीको प्रमुख कार्यकारी पदबाट राजीनामा दिने घोषणा गरेका छन् । मस्कले तीन दिन अघि ट्वीटर प्रयोगकर्ताहरुबीच आफू कार्यकारी पदमा रहन उपयुक्त होला नहोला भन्ने विषयमा भोटिङ गराएका थिए । ५७ प्रतिशत ट्वीटर प्रयोगकर्ताले मस्कलाई ट्वीटरको कार्यकारी पदबाट राजीनामा दिन सुझाव दिएका थिए । बहुमत प्रयोगकर्ताको सुझाव अनुसार मस्कले […]

‘नेकपा भित्रको कलहको मुख्य कारण ओलीको अराजक कार्यशैली’

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पूर्वनेकपा भित्रको अन्तरविरोध र कलहको मुख्य कारण प्रधानमन्त्री केपी शर्मा ओलीको अराजक र व्यक्तिवादी कार्यशैली भएको ठहर गरेको छ । राजमोले सोमबार वक्तव्य प्रकाशित गरी नेकपाको वैधानिकता समाप्त भएसँगै थप अन्योलको वातावरण सिर्जना भएको जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले प्रेसित गर्नुभएको वक्तव्यमा अहिलेको जटिल समस्या र अन्यौलताको स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर समस्यामा निकास दिन माग गर्नुभएको छ । त्यसको साथै नेकपाको एकीकरण भएर वा त्यसका २ घटकबीचमा कार्यगत एकता गरेर सरकारको गठन गर्न उपयुक्त हुने केसीको सुझाव छ । वक्तव्यमा भनिएको छ, नेकपाको नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ । सर्वोच्च अदालतको त्यो फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संगठनात्मक एकता भई निर्माण भएको नेकपा (नेकपा) को वैधानिकता समाप्त भएको छ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक, अप्रजातान्त्रिक र प्रतिगामी तरिकाले संसदको विघटन गरेर देशमा एक प्रकारको राजनीतिक अस्थिरता, अन्यौल र प्रतिगामी खतरा उत्पन्न भएको थियो । त्यस विषयमा सर्वोच्च अदालतले दिएको निर्णयले संसदको पुनस्र्थापना भएको थियो । त्यो सकारात्मक कुरा थियो । अहिले नेकपाको वैधानिकता समाप्त भएको स्थितिमा संसदमा कुनै पनि पार्टीको बहुमत रहेन । त्यो स्थितिमा झन राजनीतिक र कानूनी जटिल समस्या, अस्थिरता र अन्यौलता बढेको छ । संसदको विघटन र नेकपा भित्रको अन्तरविरोध वा कलहको मुख्य कारण केपी ओलीको व्यक्तिवादी, अराजक कार्यशैली नै बढी जिम्मेवार थियो । अहिले पनि उनी नै बढी जिम्मेवार छन् । यसप्रकारको जटिल समस्या र अन्यौलताको स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर यो समस्यामा निकाश दिनु पर्दछ । त्यसको साथै नेकपाको एकीकरण भएर वा त्यसका २ घटक बीचमा कार्यगत एकता गरेर सरकारको गठन गर्नु नै उपयुक्त विकल्प हो । त्यसको लागि त्यसका नेता तथा कार्यकर्ताहरु बढी जिम्मेवार बन्नु पर्छ । यसप्रकारको हाम्रो विचारको मुख्य उद्देश्य नेकपाको विभाजन वा त्यसको सरकारको विघटनले गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता आदिमाथि गम्भीर खतरा पैदा हुन्छ भन्ने हो । ...

ओलीले राजीनामा दिएर निकास दिनुपर्छ, नत्र अविश्वास प्रस्ताव लैजान्छौँ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । शुक्रबार आफू पक्षीय सांसदहरुले पार्टीको संसदीय दलको नेता चयन भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले राजीनामा नदिने विकल्पमा अविश्वासको प्रस्ताव दर्ता गर्ने जानकारी दिए ।आफूलाई बहुमत सांसदहरुले पार्टीको संसदीय दलको नेता चयन गरेको बताउँदै प्रचण्डले भने, ‘अब केपी ओलीले सर्वोच्च अदालतको नि