डोल्पाको रसी गाउँमा घरैपिच्छे भाइरल ज्वरो र मौसमी रुघाखोकी

डोल्पा, मंसिर १६ । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ मा पर्ने रसी गाउँनै भाइरल बिरामीले थला परेको छ । एक महिनादेखि गाउँका प्रत्येक घरजस्तो रुघाखोकी, ज्वरो र घाँटी दुख्ने लक्षण भएका बिरामीहरु देखिएका छन् । गाउँमा रहेका झण्डै एकसय चालीस घरधुरीमध्ये अधिकांस घरमा रुघाखोकी, ज्वरो र घाँटी दुख्नेका बिरामी रहेको स्थानीय बुधबहादुर […]