एमाले वार्ता टोलीका ६ सदस्य माधव नेपालको निवासमा

बालुवाटार बैठकको भोलिपल्ट नेकपा एमाले वार्ता टोलीका ६ जना नेताहरु कोटेश्वरस्थित माधव कुमार नेपालको निवासमा पुगेका छन् ।बरिष्ठ नेता नेपालसँग छलफल गर्नका लागि केपी ओली पक्षका शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल कोटेश्वर पुगेका छन् । साथमा माधव नेपाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्य पनि छन् ।शनिबार दुई पक्षका ६ जना नेताहरुबीच ललितपुरको समिट होटलमा वार्ता भएको थियो । सो वार्तामा सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षरलाई सहमतिको पूर्व शर्त बनाउने सहमति भएको थियो । यसबारेमा

सम्बन्धित सामग्री

बालकोट बैठकमा ओलीले भने- माधव नेपाल फर्कन्छन् भने कारवाही फिर्ता हुन्छ

पार्टी विभाजनमा तटस्थ बसेका एमालेका स्थायी कमिटीका नेताहरूसँगको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नयाँ पार्टी खोल्ने प्रक्रियाबाट फिर्ता हुने भए कारवाही फिर्ता लिन सकिने बताएका छन् ।  पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिएका दोस्रो पुस्ताका नेताहरूले आज ओली निवास बालकोटमा ‘निर्णायक’ वार्ता गरेका थिए । उक्त छलफलमा यसअघि माधव नेपाल निकट भनिएका नेताहरूले १४ जनामाथि गरिएको कारवाही फिर्ताको विषय उठाएका थिए ।  अध्यक्ष ओलीले स्थायी कमिटीका नेताहरूलाई माधव नेपाल नयाँ पार्टी दर्ता...

बालकोट वार्ता बिथोलिए एकता पक्षधर माधव नेपाल समूहमै !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्षले माधवकुमार नेपालसहितसँग पार्टी एकताको सम्भावना सकिएको बताएपछि एकताका लागि प्रयास गरिरहेका नेताहरु निराश भएका छन्। अब पार्टीलाई फुटबाट जोगाउन नसकिने भन्दै उनीहरुले आफूहरु एमालेमा रहने सम्भावना लगभग सकिएको बताएका बेला एकता पक्षधर स्थायी कमिटीका सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफलका लागि बालकोट पुगेका […] The post बालकोट वार्ता बिथोलिए एकता पक्षधर माधव नेपाल समूहमै ! appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

माधव नेपाल पक्ष छोडेका नेताहरू ओलीसँग निर्णायक वार्ता गर्न बालकाेटमा

काठमाडौँ, ७ भदौ। नेकपा (एमाले) विभाजनमा तटस्थ बसेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालकोट पुगेका छन् । पार्टी विभाजनमा तटस्थ बसेका नेताहरु अध्यक्ष ओलीसँग निर्णायक वार्ता गर्न बालकाटे पुगेका हुन् । भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराईगायतका नेताहरुले अध्यक्ष ओलीसँग १० बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल गर्न बुझिएको छ […]

सुरु भयो एमाले कार्यदलको निर्णायक वार्ता

काठमाडौँ – नेकपा एमाले विवाद समाधान कार्यदलको निर्णायक वार्ता सुरु भएको छ। निर्धारित समय भन्दा एक घण्टा ढिलो गरी माधव नेपाल समूहका नेताहरु वार्तास्थल छिरेका छन्। उनीहरु कोटेश्वरमा वरिष्ठ नेता नेपालसँग छलफल गरेर सिंहदरबारस्थित वार्तास्थलमा पुगेका हुन्। आजको वार्तापछि एमाले विवाद समाधानको औपचारिक घोषणा हुने नेताहरुले बताएका छन्।

एमाले विवाद मिलाउन सिंहदरबारमा वार्ता सुरु

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद मिलाउन कार्यदलका नेतासहित प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल वार्तामा बसेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा वार्ता भइरहेको छ। वार्तामा संस्थापन पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन्। त्यस्तै नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी छन्।

ओली र नेपालबीच वार्ता सकियो, ओली वार्तास्थलबाट बाहिरिए

काठमाडौं ।  एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।चपली हाइटस्थित रामेश्वर थापाको घरमा वार्ता सकेर प्रधानमन्त्री ओली बाहिरिएका छन् । माधव नेपाल भने निस्केका छैनन् । वार्तामा के भयो भन्ने खुलिसकेको छैन ।

वार्ता सकिएलगत्तै आफू निकट नेतासँग छलफल गर्दै माधव नेपाल

काठमाडौं। एमाले संसदीय दलका उपनेता सुबास नेम्वाङ र उपमहासचिव विष्णु पौडेलसँग वार्ता सकेलगत्तै नेता माधव नेपालले आन्तरिक छलफल सुरु गरेका छन्। अहिले आफू निकटका सांसदहरुसँग छलफल गरिरहेका छन्। नेपाल समूहले आजै राजिनामा नदिने गरी छलफल भइरहेको एक नेताले बताए। राजिनामा बोकेर सिंहदरबार पुगेका माधव नेपालसँग छलफल गर्न प्रधानमन्त्रीले आफ्ना प्रतिनिधि पठाएका थिए।

ओलीसँग वार्ता असफल भएपछि माधव नेपाल जनकपुर हिँडे

काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता बिना निश्कर्ष सम्पन्न भएको छ । हिजो र आज भएको भेटवार्ताले पार्टीभित्रको आन्तरिक विवाद समाधान हुने विश्वास लिईएको थियो । तर, नेता नेपालले आजको वार्ताले आफू निराश भएको प्रतिक्रिया दिए । उनले वार्तास्थल होटेल मेरियटबाट बाहिरिने क्रममा […]

ओलीसँग वार्ता विफल भएपछि प्रदेश २ तिर लागे माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेपाल माधव कुमार नेपाल बिहीबार जनकपुर प्रस्थान गरेका छन् । प्रदेश नम्बर २ का विभिन्न कार्यक्रममा सहभागी हुनका लागि उनी जनकपुर प्रस्थान गरेका हुन् । उनी जनकपुर प्रस्थानअघि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग होटल मेरियटमा वार्ता भएको थियो । तर दुई नेताबीचको वार्ता विफल भएको छ । नेता नेपालले रातोपाटीलाई प्रतिक्रिया दिँदै वार्ता ‘ब्याक टु मंगलमान’ को अवस्थामा रहेको लाक्षणिक प्रतिक्रिया दिए । उनको आशय वार्तामा कुनै सहमति नभएको भन्ने थियो ।&nbs