लुम्बिनी प्रादेशिक अस्पताललाई १५० शय्याको प्रसूति भवन हस्तान्तरण

सहरी विकास मन्त्रालय अन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले निर्माण गरेको प्रसूति भवन लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई हस्तान्तरण गरेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत सङ्घीय आयोजना तथा कार्यान्वयन इकाई रुपन्देहीले २६ करोड ५१ लाख ७५ हजार लागतमा भवन निर्माण गरेको हो ।बुधवार सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले संयुक्त रूपमा चार तले सुविधा सम्पन्न  प्रसूति भवनको उद्घाटन गर्दै अस्पताललाई हस्तान्तरण गरेका हुन् । भवन १५० शय्याको