कर्णाली सरकार : स्थापना दिवस मनाइने

सुर्खेत : कर्णाली प्रदेशसभाले स्थापनाको चौथो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने भएको छ।यही माघ २१ गते परेको स्थापना दिवसका अवसरमा विभिन्न खेलकुद गतिविधि आयोजना गरिएको छ। १७ गतेदेखि दिवसका कार्यक्रम लागू हुनेछन्। प्रदेश सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले माघ १७ गते प्रदेशसभा परिसर सरसफाइ गर्ने निर्णय गरेको छ।यस्तै माघ १८ गते विभिन्न खेलकुद गतिविधि हुनेछन् भने युवासँग प्रदेशसभा अन्तरसंवाद कार्यक्रम गरिनेछ। माघ २० गते टुर कार्यक्रम आयोजना गरिनेछ। २० गते नै