रुकुम पूर्वको भूमे गाउँपालिकामा ३ हजार भन्दा धेरै मतान्तरका साथ माओवादी विजयी

रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । फराकिलो मतान्तर सहित अध्यक्षमा होमप्रकाश श्रेष्ठ र उपाध्यक्षमा सविना बुढा निर्वाचित हुनुभएको हो । श्रेष्ठ तीन हजार ९७५ मत ल्याएर निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । श्रेष्ठका प्रतिद्वन्द्वी मंगोल नेशनल अर्गनाइजेशनका रतनबहादुर पुनको ५०३ मत आएको छ । श्रेष्ठ र बुढाको मतान्तर तीन हजार ४७२ रहेको छ । राष्ट्रिय जनमोर्चाका कमान पुनले ५६ मत ल्याउनुभएकोे ।  उपाध्यक्षमा निर्वाचि...

सम्बन्धित सामग्री

पचालझरना गाउँपालिकामा माओवादी विजयी

मान्म । कालीकोटको पचालझरना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा देवराज शाही र उपाध्यक्षमा अल्किना बम विजयी भएका हुन् । गाउँपालिकाको अध्यक्षमा शाही दुई हजार ३६२ मत ल्याएर विजयी भएको र बम दुई हजार ३९८ मत ल्याएर उपाध्यक्षमा विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । गाउँपालिका […]

रोल्पाको सुनछहरी गाउँपालिकामा माओवादी विजयी

उनले ३ हजार ४ सय ३९ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी स्वतन्त्रका पुस्तमन घर्तीले १ हजार ५ सय २३ मत प्राप्त गरेका छन्।...

जुम्लाको सिंजामा माओवादी विजयी

जुम्लाको सिंजा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा माओवादी केन्द्रले जितेको छ ।अध्यक्षमा माओवादीका पूर्णप्रसाद धिताल र उपाध्यक्षमा शितली रोकाया निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित धितालले १ हजार ९४९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नन्दराम बुढाले १ हजार ८३१ मत ल्याएका छन् । उपाध्यक्षमा निर्वाचित माओवादीकी रोकायाले १ हजार ९५६ मत पाइन् भने काँग्रेसकी रजनकली शाहीले १ हजार ६९ मत पाएर दोस्रो भइन् ।

रोल्पाको परिवर्तन गाउँपालिकामा माओवादी विजयी

उनले मत ३ हजार ३ सय ११ प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली काग्रेसका बिश्व कुमार चन्दले ३ हजार १ सय २९ मत प्राप्त गरे।...

आँबुखैरेनीमा माओवादी विजयी

तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित अधिकांश वडामा माओवादीले जितेको हो । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन् । अध्यक्षमा चुमानले तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरे । एमालेका ऋषि केसीले गिरबहादुर दोस्रो कार्यकाल दोहोरिनका लागि अध्यक्षको प्रतिष्पर्धामा थिए । उपाध्यक्षमा माओवादीकी अर्याल दुई हजार ८४८ मत प्

रोल्पाको सुनिलस्मृती गाउँपालिकामा माओवादी विजयी

अध्यक्षमा माओवादीका मनिराम बुढाथोकीले ६ हजार ६२ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसका गञ्जबहादुर क्षेत्रीले ३ हजार ८ सय ९३ मत ल्याए।...

प्युठानको माण्डवीमा माओवादी विजयी

काठमाण्डाै – प्युठानको माण्डवी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादीका नमराज अधिकारी विजयी हुनुभएको छ । अधिकारीले तीन हजार ६ सय ७६ मत ल्याउनुभयो भने नेकपा एमालेका श्रीधर रोका तीन हजार चार सय १९ मत ल्याएर  पराजित हुनुभयो । यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका पूणप्रसाद कालाथोकी विजयी हुनुभयो । कालाथोकीले तीन हजार पाँच सय ८६ र प्रतिष्पर्धी एमालेका सम्झना घर्तीमगरले तीन हजार तीन सय १२ मत ल्याउनुभयो ।

कालिकोटको पलाता गाउँपालिकामा माओवादी विजयी

सुर्खेत । कालिकोटको पलाता गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय २ हजार २९२ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षमै नेपाली काँग्रेसका केशरसिंह बमले एक हजार ४१३ मत पाए । यस्तै उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रले नै जितेको छ । माओवादीकी अलैपुरा जैशीले एक हजार ७४३ मत ल्याएर निर्वाचित हुँदा एमालेकी जलशा कुमारी बुढाले एक हजार ५९४ मत पाइन् । ०७४ सालको निर्वाचनमा पनि पलातामा माओवादीकै वर्चश्व थियो ।

डोल्पाको मुड्केचुलामा माओवादी विजयी

डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका दत्त बहादुर शाही एक हजार ४०३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लंक बहादुर रोकायाले एक हजार ३६७ पाएका थिए । उपाध्यक्षमा पनि माओवादीकै दुदा रोकाया एक हजार ४५८ मतसहित विजयी भएकी छिन् ।एमालेकी सविता कुमारी रोकायाले एक हजार २९८ मत मात्र पाइन् । वडामा १, २,३,४,५,,७, ८, ९ मा माओवादीले जितेको छ भने एमालेले वडा ६ मा मात्र जितेको छ ।

रोल्पा नगरपालिकामा माओवादी विजयी

मेयरका माओवादी उमेद्वार सुरेन्द्र थापार्घीले ७ हजार ६ सय ३ मत ल्याउदा उनका निकटतम प्रतिद्धन्ती कांगे्रसका शेरबहादुर थापाले ३ हजार ६ सय ५८ मत ल्याएका छन्।...