प्रधानमन्त्रीको जिकिर– मुद्दाको एउटा पक्षले भनेको कुरालाई अवहेलनाको विषय बनाउन मिल्दैन [पूर्णपाठ]

कुनै मुद्दाको एउटा पक्षले मुद्दाको सम्बन्धमा व्यक्त गरेको कुरालाई अदालतको अवहेलनाको विषय बनाउन नमिल्ने जिकिरसहित प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । साथै उनले आफूले जहिले पनि आदरार्थी भाषाको प्रयोग गरेको भन्दै आफूबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी रहेको जिकिर पनि आफ्नो लिखित जवाफमा गरेका छन् । ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ भन्ने अभिव्यक्तिविरुद्ध परेको रिटमा प्रधानमन्त्री ओलीले बिहीवार सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गरेका ह...