‘प्रचण्ड बाहिरिएपछि देउवाले ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बन्न अफर गर्नुभयो’

नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु पार्टी अध्यक्ष केपी शर्मा ओलीको जीतको रूपमा अर्थ्याउँछन् । प्रचण्डलाई प्रधानमन्त्री बनाएर ओलीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्काउन सफल भएको र आफूमाथि लाग्दै आएको प्रतिगमनको बिल्ला हटाउन सफल भएको उनको दाबी छ ।प्रचण्डको आकाङ्क्षामाथि खेलेर एमालेले देशलाई गठबन्धनको १८ महिना लामो शासनलाई अन्त्य गरेको भट्टराईको भनाई छ । आखिर कसरी एमालेले