माधव नेपाल र महन्थ ठाकुरको नयाँ दल दर्ता हुन केही दिन लाग्ने

काठमाण्डाै - नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूहको निवेदन अनुसार दल दर्ताको लागि केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार दल दर्ताको लागि अध्यादेशअनुसार नियमावली बन्नुपर्छ । दल विभाजनसम्बन्धी अध्यादेश हिजो जारी भएपछि त्यसअनुसार नियमावली संशोधनको प्रक्रिया सुरु भएको आयोगले जनाएको छ । दल दर्ताका लागि निवेदन परेको ३५ दिनभित्र आयोगले निर्णय गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि १५ दिनसम्ममा प्रक्रिया पूरा गर्ने आयोगको तयारी छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अध्यादेशअनुसार नियमाव...

सम्बन्धित सामग्री

सनाखतको लागि नेताहरु आयोगमा, आजै दल दर्ताको तयारी

काठमाण्डाै – माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु दल दर्ताको लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका छन् । अस्तिदेखि चन्द्रागिरि रिसोर्टमा बसेका नेताहरु सिधै निर्वाचन आयोग पुगेका हुन् । सनाखतको लागि अहिले साढे ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय छुट्याइएको छ । यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु पनि आयोग पुग्दैछन् । सनाखतपछि दल दर्ता प्रक्रिया आजै टुंगो लगाउने निर्वाचन आयोगको तयारी गरेको छ । प्रमाण पुगेमा आजै दल दर्ताको प्रमाण पत्र दिने आयोगले जनाएको छ । ...

माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता प्रक्रिया आज टुंगो लाग्ने

निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दल दर्ता प्रक्रिया आज टुंगो लगाउने भएको छ। दुवै दलका नेताले आज सनाखतका लागि भौतिक रूपमा उपस्थिति हुनुपर्ने निर्व...