बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ । उहाँले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताउनुभएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई […]

सम्बन्धित सामग्री

विकासका लागि अनुसन्धानमा आधारित नीतिको भूमिका महत्वपूर्ण हुन्छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि मुलुकको सर्वाङ्गीण विकासका लागि गहन अध्ययन अनुसन्धानमा आधारित नीतिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभएको छ । अनुसन्धानमा आधारित नीति बनाउन अनुसन्धानमूलक संस्थाको अत्यन्त महत्वपूर्ण योगदान हुने जनाउँदै उहाँले नेपाल जस्ता विकासोन्मुख राष्ट्रको विकासमा नीति अनुसन्धान प्रतिष्ठान जस्ता अनुसन्धानमूलक संस्था अर्थात् ‘थिङ्क ट्याङ्क’हरुको भूमिका अझ महत्वपूर्ण हुनेमा जोड दिनुभयो । नीति …

विकासका लागि अनुसन्धानमा आधारित नीतिको भूमिका महत्वपूर्ण हुन्छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि मुलुकको सर्वाङ्गीण विकासका लागि गहन अध्ययन अनुसन्धानमा आधारित नीतिको महत्वपूर्ण भूमिका हुने उल्लेख गरेका छन् ।

विकासका लागि अनुसन्धानमा आधारित नीतिको भूमिका महत्वपूर्ण हुन्छ: प्रम देउवा

अनुसन्धानमा आधारित नीति बनाउन अनुसन्धानमूलक संस्थाको अत्यन्त महत्वपूर्ण योगदान हुने जनाउँदै उनले नेपाल जस्ता विकासोन्मुख राष्ट्रको विकासमा नीति अनुसन्धान प्रतिष्ठान जस्ता अनुसन्धानमूलक संस्था अर्थात् ‘थिङ्क ट्याङ्क’हरुको भूमिका अझ महत्वपूर्ण हुनेमा जोड दि...

बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ । उहाँले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताउनुभएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सुखद् र उज्ज्वल भविष्यको कामना गर्नुभएको छ । राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाउन लागिएको छ ।

बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छः प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन् । उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताएका छन् ।

बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छ : प्रम देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन् ।  उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताएका छन् । प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का...

विश्वमा कला र संस्कृति पुर्‍याउन हस्तकलाको महत्वपूर्ण भूमिका : प्रम देउवा

मंसिर ३,  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राचीन कला, संस्कृति र सीप विश्वमा पुर्‍याउन हस्तकला उद्योगको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल हस्तकला महासंघको १८ औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता उद्घाटन समारोहलाई शुक्रवार राजधानीमा सम्बोधन गर्नुहुँदै उहाँले आन्तरिक रोजगारी सृजनामा समेत यो उद्योगले सहयोग रहेको बताउनुभयो ।            ‘हस्तकला उद्योगले आधुनिकतासँग मिल्नेगरी सामग्री निर्माण गर्नुपर्छ, यसले अझै विश्वजगत्मा हस्तकलालाई चिनाउन सहयोग गर्छ, यसबाट हस्तकलाका सामग्री विक्री वितरणमा पनि मद्दत पुग्छ, यसकै माध्यमबाट प्राचीन कला, संस्कृति विश्वभर फैलन्छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो ।            हस्तकला उद्योगले नेपालको गरिमालाई विश्वमा उच्च बनाएकाले पनि यसको प्रवर्द्धनमा सरकारले सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो । दक्षिण एशियाली क्षेत्रीय सहयोग सहयोग संगठन(सार्क) हस्तकला विकास केन्द्रका माध्यमबाट पनि नेपाली हस्तकलालाई विश्वभर फैल्याउने गरी काम अघि बढाइने प्रधानमन्त्री देउवाको भनाइ थियो ।            कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले हस्तकलाले देशको कला, संस्कृतिलाई देशविदेशमा प्रचारप्रसार गर्न सहयोग पुगेको बताए। ‘ढुङ्गा र धातुका मूर्ति, काष्ठकलाका चित्र, मिथिला कला चित्रलगायत हस्तकलाका सामग्री बनाइ विदेशमा निर्यात व्यापार प्रवर्द्धन गर्न सकिन्छ, यसबाट हाल ८० देशमा वार्षिक ६ खर्ब रुपैयाँको हाराहारीमा भइरहेको हस्तकलाको व्यापार वृद्धि गर्न मद्दत पुग्छ’, उनले भने ।          महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले नेपालको मौलिक उद्योगका रुपमा रहेका हस्तकलाले २०४८ देखि नै व्यापार प्रवर्द्धनका लागि सरकारसँगको सहकार्यमा मेला आयोजना गर्दै आएको जानकारी दिए। हस्तकला उत्पादनको बजारीकरणका लागि मेलाले सहयोग गर्दै आएको उनले बताए ।            ‘हस्तकलाले आन्तरिक रोजगारी सृजनामा सहयोग गरेको छ, नेपाल आउने पर्यटकले चिनोका रुपमा लैजाने सामग्रीका रुपमा हस्तकला उद्योग उपयोग हुने गरेको छ, कोभिडको जोखिम कायमै रहेपनि वार्षिक रु छ अर्बको सामग्री विदेश निर्यात हुने गरेको छ’, अध्यक्ष शाक्यले भने ।            हाल आन्तरिक बजारमा वार्षिक २ अर्ब रुपैयाँको हस्तकलाका सामग्री वितरण हुने गरेको छ । हस्तकला उद्योगले ८ लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा रोजगारी दिएको छ । त्रिपुरेश्वरस्थित उद्योग परिसरमा सार्क हस्तकला विकास केन्द्र निर्माण सम्पन्न भई सञ्चालन हुने तयारीमा रहेको छ । महासंघले हस्तकला ग्रामको अवधारणा दुई दशकअघिदेखि अघि सारेपनि कार्यान्वयनमा आउन सकेको छैन । हस्तकला नीति बनाएर सरकारलाई बुझाएको एक दशक पुग्न लाग्दासमेत जारी नभएको महासंघले बताएको छ ।            व्यापार मेला संयोजक रबिन्द्र शाक्यले विसं २०२९मा स्थापना भएको महासंघमा हाल ४ हजार २५५ जना सदस्य रहेको जानकारी दिए। महासंघको नेतृत्वमा ललितपुरलाई विश्वमै ३५औं कला नगरी घोषणा गर्न सफल भएको उनले सुनाए । मंसिर ५ गतेसम्म सञ्चालन हुने मेलामा १ लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । व्यापार मेलामा ५ करोड रुपैयाँका हस्तकलाका सामग्री विक्री वितरण गर्ने लक्ष्य राखिएको आयोजक समितिले बताएको छ ।            कोरोना महामारी शुरु भएपछि विदेशी पर्यटक घटेका कारण हस्तकला उद्योगमा समस्या आएकाले आन्तरिक बजार प्रवर्द्धनमा सरकारले सहयोग गर्नुपर्ने कार्यक्रम संयोजक शाक्यको माग छ । मेलाका लागि सरकारी निकाय निर्यात प्रवर्द्धन केन्द्रले पहिले लागतको आधा सहयोग गर्ने गरेकामा कोरोना महामारीबाट हस्तकला उद्योगको व्यापार घटेका बेला घट्नु दुःखद् भएको बताए ।            मेलामा हस्तकलाका ४२ ओटा विधाका १२० ओटा कक्ष राखिएको छ । कार्यक्रममा महासंघले प्रकाशन गरेको हस्तकला उद्योग डाइरेक्ट्री र संस्कृत भाषामा लेखिएको साधनामाला ग्रन्थको नेपाली अनुवादको प्रधानमन्त्री देउवाले विमोचन गर्नुभएको थियो । हस्तकलाका सामग्रीको अनलाइन मार्केटिङका लागि इकला पोर्टलको पनि उहाँले शुभारम्भ गर्नुभएको छ । पोर्टलका माध्यमबाट हस्तकला उद्योग प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको बताइएको छ ।रासस