काठमाडौं : चार वर्ष अघि संघीय संसदमा दर्ता भएको बीमा विधेयक बल्ल पारित गर्ने तयारी भएको छ। २०७५ असार २७ गते दर्ता भएको विधेयक आज बस्ने प्रतिनिधिसभाको बैठकले पारित गरिने संसद सचिवालयले सम्भावित कार्यसुची सार्वजनिक गरेको छ। बिहान ११ बजे बस्ने बैठकमा अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि छलफल गरी पारित गरिने सम्भावित कार्यसूची रहेको सचिव गोपालनाथ योगीले जानकारी दिए। आजै शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेय