लकडाउनको त्रासमा यातायात व्यवसायी, भन्छन् : लकडाउन भए सार्वजनिक यातायात क्षेत्र खरानी नै हुन्छ

काठमाडौंः कोभिड १९ को दोस्रो लहर नियन्त्रणका लागि सरकारले विभिन्न क्षेत्रमा निषेध गर्न थालिसकेको छ। सङ्क्रमण दर बढ्दै गए लकडाउन हुन सक्ने चेतावनी पनि सरकारले दिइरहेको छ। त्यस्तै सार्वजनिक सवारी सिटभन्दा बढी यात्रु नराख्न निर्देशन समेत दिइसकेको छ। करिब एक वर्षसम्म सार्वजनिक सवारी साधन नचल्दा समस्या भोगेका व्यवसायीहरू फेरी पनि लकडाउन…

सम्बन्धित सामग्री

प्रदेश १ मा सार्वजनिक सवारीमा जोरबिजोर लागू गर्न माग

असार ८, धरान । कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण व्यवसायबाटै पलायन हुने अवस्था आएको भन्दै जोरबिजोर प्रणाली लागू गर्दै सार्वजनिक यातायात खुलाउन प्रदेश १ का यातायात व्यवसायीले माग गरेका छन् । स्वास्थ्य मापदण्ड पूरा गरेर जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायातका सवारीसाधन चलाउने व्यवस्था मिलाउन माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, १ नम्बर प्रदेश समितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने अभियान अन्तर्गत सोमवार झापा र सुनसरीमा ज्ञापनपत्र बुझाइएको हो । महासंघ प्रदेश १ का संयोजक सरोज श्रेष्ठ र सुनसरी जिल्ला समन्वय समितिका संयोजक धु्रवराज घिमिरेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा हाल कोरोना संक्रमण दर न्यून हुँदै गएकाले आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर जोरबिजोर प्रणालीमा सवारीसाधन सञ्चालन गर्न दिनुपर्ने उल्लेख छ । देशको राजधानी लगायत केही ठाउँमा मंगलवारदेखि बजार खोल्ने र निजी सवारीसाधनलाई जोरबिजोरको आधारमा चल्न दिने सरकारले निर्णय गरे अनुसार प्रदेश १ मा पनि सोही अनुसारको व्यवस्था गर्न माग गरिएको हो ।  गतवर्षको लकडाउन अवधिको बैंक ब्याज, किस्ता समेत भुक्तानी नभइसकेको अवस्थामा पुनः अहिलेको निषेधाज्ञाले यातायात क्षेत्र धराशयी हुन पुगेको ज्ञापनपत्रमा भनिएको छ । गतवर्ष केही संघसंस्थाले राहत दिँदा श्रमजीवी व्यवसायी एवं मजदूरलाई राहत भए पनि अहिले कहीँकतैबाट राहत नआउँदा बढी मार परेको बताइएको छ । सवारी चालक, सहचालक, यातायात कर्मचारी तथा यातायात व्यवसायीमा कोरोना संक्रमणको जोखिम बढी रहेकोले कोरोना विरुद्धको खोपको व्यवस्थाका लागि आवश्यक पहल गरिदिन समेत ज्ञापनपत्रमा अनुरोध गरिएको छ ।

बैंकको ब्याज र ऋण तिर्दा आत्महत्या गर्नुजस्तो भयो : यातायात व्यवसायी

डडेल्धुरा : लकडाउनले यातायात मजदुर मारमा परेका र व्यवसाय धरासायी भएको भन्दै सरकारले सहयोग नगरे लकडाउन खुलेपश्चात् पनि यातायात सञ्चालन नगर्ने यातायात व्यवसायीका प्रतिनिधिले चेतावनी दिएका छन्। बिहीबार डडेल्धुराका प्रमुख जिल्ला हरिप्रसाद घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै व्यवसायीहरूले बैंक ब्याज र ऋण किस्ता तिर्दा आत्महत्या गर्नुपर्ने अवस्था आएको बताएका हुन्। घर जग्गा धितो राखी लगानीमा रहेको सार्वजनिक यातायात क्षेत्रमा आबद्ध लाखौं मजदुर जनशक्तिले सवारी साधन सञ्चालनमा ल्याएको भए पनि लकडाउनले समस्यामा परेको उधोग वाणिज्य संघ डडेल्ध...

पोखरा क्षेत्रमा असोज १ देखि सार्वजनिक यातायात सेवा सञ्चालन हुने

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले देश व्यापीरूपमा आउँदो असोज १ गतेदेखि सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने निर्णयअनुसार पोखरा क्षेत्रका यातायात व्यवसायीले पनि उक्त सेवा संचालनको लागि तयारी सुरु गरेका छन् । कोरोना भाइरस (कोभिड—१९) को कारण देशमा लामो समय लकडाउन हुँदा सार्वजनिक यातायात सेवा प्रभावित हुँदा व्यवसायी र मजदुर मर्कामा परेको भन्दै व्यवसायीहरूले असोज १ […]

व्यवसायी र नेताको स्वार्थले सवारीसाधन नचल्दा यातायात मजदुर मारमा

काठमाडौं : यातायात व्यवसायी र मजदुर नेताको सरकारसँग गरेको बार्गेनिङका कारण सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा यातायात मजदुर र सर्वसाधारण नागरिक निकै सकसमा परेका छन्‌। लकडाउन खुकुलो बनाउँदै जाने क्रममा असार २३ गते बसेको मन्त्रीपरिषद्‌ बैठकले  ५० प्रतिशत भाडा बढाएर यातायात सञ्चालन गर्न दिने निर्णय ...

किस्ता तिर्न ताकेता गरेपछि १५५ गाडीको चाबी बैंकलाई नै बुझाइयो

कास्की : कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात ठप्प छ। पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी तथा उद्योग, पसल व्यवसाय सञ्चालनमा आए पनि सार्वजनिक यातायात बन्द छन्। ऋण लिएर गाडी सञ्चालन गरेका यातायात व्यवसायी अहिलेको सङ्कटपूर्ण अवस्थामा समेत बैँ...

किस्ता तिर्न ताकेतापछि १५५ गाडीको चाबी बैंकलाई

कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात ठप्प छ । पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी तथा उद्योग, पसल व्यवसाय सञ्चालनमा आए पनि सार्वजनिक यातायात बन्द छन् । ऋण लिएर गाडी सञ्चालन गरेका यातायात व्यवसायी अहिलेको सङ्कटपूर्ण अवस्थामा समेत बैँक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि बारम्बार ताकेता हुन थालेको भन्दै ऋण लिँदा धितो राखेको गाडी नै बैंकलाई बुझाउने अभियानमा छन् । पोखरामा प्रधान कार्यालय रही देशभर सार्वजनिक यातायात चलाउँदै आएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले गत सोमबारबाट चाबी बुझाउन शुरु गरेकामा बुधबार पोखरामा विभिन्न चार बैंकमा थप ६५ गाडीका चाबी बुझाए ।

https://www.onlinekhabar.com/2020/06/871166

२५ जेठ, काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउने तयारी गरेपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ निर्देशिका बनाएको छ । यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वय‌ं यात्रुलाई जिम्मेवार बनाउने गरी निर्देशिका …