प्रचण्डको राजनीतिक प्रतिवेदन : राजनीति निकै तरल र चुनौतिपूर्ण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति निकै तरल र चुनौतिपूर्ण रहेको बताएका छन् । पार्टीको महाधिवेशन अन्तरगत सोमबारदेखि सुरु भएको बन्द सत्रमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले देशको राजनीति निकै तरल र चुनौतिपूर्ण रहेको बताएका हन् । ‘देशको राजनीति निकै तरल र चुनौतिपूर्ण छ । निरंकुश तत्वहरुले टाउको उठाइरहेका छन्’, प्रचण्डले आफ्नो प्रतिवेदन बाचन गर्दै भने, ‘देशभित्रको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थीहरुको मोर्चाबन्दीबाट सचेत