विदेशको कमाइ स्वदेशमा अर्कैको रजाइँ

मरुभूमिमा पसिनाका थोपा-थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ।बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट आफ्नो गाउँ फर्किएपछि पाँच वर्षअघि उनले देखेको सपना क्षणभरमा तुहियो। पत्नी सुनैनाले आफ्नो नानको सम्पत्तिसहित नयाँ पति बनाएको थाहा पाएपछि हरेराम छाँगाबाट खसे । उनले भने, “उनलाई खुसी पार्न के के गरिन, सिसौनगढमा किनेको १० धुर घडेरी सुनैनाकै नाममा पास गराएँ। छोराछोरीको पढाइका लागि सदरमुकाम कलैयामा आऊ

सम्बन्धित सामग्री

टेम्पोसँगै गुडिरहेका एक ट्रान्सम्यान

‘बलेको आगो सबैले ताप्छन्। ऊर्जा सकिएपछि वरिपरि भएकाहरूले छाडेर जान्छन्,’ ज्ञानुले भने, ‘आफ्नै जीवनलाई पछाडि फर्केर हेर्दा अहिले आफू निभेको आगो पाउँछु। कुनै बेला अरूको प्रिय थिएँ, जुन बेला बलेको थिएँ। कतार पुगेर काम गरें। पैसा कमाएँ। विदेशको कमाइ रहँदासम्म...

विदेशको कमाइ उत्पादनमा लगानी गर्न आग्रह

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवरले विदेशमा कमाएको पैसा विलासितामा खर्च भइरहेकाले त्यसको साटो उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन्।चन्द्रलोक प्रतिष्ठानद्वारा शुक्रबार आयोजित वैदेशिक रोजगारमा देखिएका समस्या र समाधानका उपाय अन्तरक्रिया एवम् बधाई तथा सम्मान कार्यक्रममा मन्त्री कुँवरले विदेशमा दुःख गरेर कमाएको पैसा स्वदेशमा विलासिताका सामान किन्न खर्च भैरहेकाले त्यसलाई उत्पादनको क्षेत्रमा लगाउनुपर्ने बताएका हुन्।उनले विदेशी पुँजी र सिप

विदेशको कमाइ स्वदेशमा अर्कैको रजाइँ

काठमाडौं, असार ४ । मरुभूमिमा पसिनाका थोपा–थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ। बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट आफ्नो गाउँ फर्किएपछि पाँच वर्षअघि उनले देखेको सपना क्षणभरमा तुहियो। पत्नी सुनैनाले आफ्नो नानको सम्पत्तिसहित नयाँ पति बनाएको थाहा पाएपछि हरेराम छाँगाबाट खसे […]

विदेशको कमाइ त्यागेर बाँझो जमिनमा श्रम गर्दै चाम्लिङ

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, चुरीढाँडका ४८ वर्षीय खम्ब चाम्लिङको आधा उमेर विदेशमा बित्यो । रोजगारीको सिलसिलामा उनले कतारमा ६ वर्ष, साउदी अरबमा २ वर्ष र भारतका विभिन्न प्रान्तमा १५ वर्ष बढी गरी जीवनको अढाइ दशक खर्चेका छन् ।एकातिर घरको जेठो सन्तान, अर्कातिर सानै उमेरमा विवाह । त्यसले गर्दा किशोरावस्थामै उनको काँधमा जिम्मेवारीको चाङ […]

विदेशको कमाइ छाडेर स्वदेशमै चिया व्यापार

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐटपुरका ३० वर्षीय हरीश चन्द दैनिकजसो बिहान र साँझ चियाको घुम्ती व्यापारमा व्यस्त देखिन्छन् । पाँच वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा दुवई पुगेका उनले त्यहाँ सेक्युरिटी गार्डका रूपमा काम गरेका थिए । गत मङ्सिर १ गतेदेखि आफ्नै ठाउँमा  चियाको व्यापार थालेका उनले अहिले दैनिक तीनदेखि चार हजारसम्मको चियाको व्यापार गरिरहेको बताए । ‘चिया राख्ने भाँडो (हटपट) खरिद गरेर यहाँ पसल–पसलमा बिहान ६ देखि १० र बेलुकी ३ देखि ५ बजेसम्म चियाको व्यापार गर्छु,’ चन्दले भने, ‘मेहनत गरे कमाउन विदेशिनु नै पर्छ भन्ने होइन रहेछ ।’ चियामा थोरै लगानीमा राम्रो आम्दानी हुने गरेको छ । दैनिक १५० देखि २०० कप चिया विक्री हुने गरेको भन्दै उनले आफू यो व्यापारबाट सन्तुष्ट रहेको बताए । ‘अवुधावीमा मासिक एक लाख बचत हुने जागिर छाडेर आफ्नै भूमिमा काम गर्ने सोचले आएँ,’ उनले भने, ‘अहिले बजारमा चिया बेचिरहँदा मिश्रित खालको प्रतिक्रिया पाए पनि म सन्तुष्ट छु ।’       यहाँको आदर्श विद्या निकेतनबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका चन्दले परिवारबाट पनि सहयोग पाउँदा आफूले सानै भए पनि राम्रै व्यापार गर्न पाइरहेको बताए । ‘बीचको समयमा कोरोनाका कारण यहाँ आए पनि केही काम गर्न सक्ने अवस्था थिएन,’ उनले भने, ‘अहिले कालो चिया प्रतिगिलास १५ र दूध चिया २० का दरले विक्री गरिरहेको छु ।’ चन्दले युवा पिँढी स्वदेशमा काम गर्न नरुचाउने तर विदेश गएर कडा मेहेनत गर्न पनि तयार हुने वातावरण रहेको बताए । ‘तरकारी फलाएर बेच्छु भन्नेलाई सरकारी सहयोग हुने खालका कार्यक्रम ल्याइदिए युवाशक्ति यही बसेर जीविका चलाउन सक्थ्यो,’ उनले भने, ‘हामी युवा पनि सानोतिनो काम गर्न लाज मान्ने गर्नुहुँदैन ।’ घरमै चिया तयार गरेर बजारमा दैनिक विक्री गर्न निस्कने चन्दले यहाँको बजार, बसपार्क, कभर्ड हललगायत क्षेत्रमा चिया विक्री गर्दै आएका छन् । ‘बेलुकी ५ बजेपछि मात्र अलि फुर्सद हुन्छ,’ उनले भने । रासस

‘विदेशको कमाइ भनेर मनपरी खर्च गर्नुभएन’

‘विदेश बसेका नेपालीले दुःख गरेर कमाएको पैसा म्युजिक भिडियोमा लगानी गरिरहनुभएको हुन्छ । तर, नेपालको सांगीतिक क्षेत्रका कतिपयले त्यत्तिकै आएको पैसा झैं गरिदिनुहुँदोरहेछ ।’ म भक्तपुरमा जन्मिएकी हुँ । सानैदेखि कविता–कथा लेख्ने, वाचन गर्ने गर्थें । कविता, कथाहरू पत्र–पत्रिकामा प्रकाशित समेत भएका छन् । विद्यालयमा कहिलेकाहीं गीत गुनगुनाउँथें । त्यो बेला सांगीतिक क्षेत्रमा काम गर्ने […]

विदेशको कमाइ कृषिमा लगानी गर्दा गाली, ‘डलर’ फलाउन थालेपछि ताली

मोरङको केराबारी गाउँपालिका–२ का नारायण राईले १० वर्षसम्म बहराइनमा कराएको रकम स्वदेश फर्केर कृषिमा लगानी गरे । तर विदेशमा कमाएको पैसाले शहरमा घर बनाएर बस्न छाडेर कृषिमा डुबाएको भन्दै आफ्नैले उनले गाली गरे । नारायणकी पत्नी खुजुमबिना लिम्बु भने उनको योजनामा साथमै रहिन् । वैदेशिक रोजगारीमा कमाएको पैसाले कृषि उद्यम गरेर नारायण नमूना कृषक बनेका छन् । कालो झारले कब्जा गरेको हरियाली पाखालाई राई दम्पतीले अग्र्यानिक चिया खेतीबाट हराभरा बनाएका छन् । नारायणले ५ रोपनीबाट शुरू गरेको चिया खेतीलाई विस्तार गरी ४०० ...

विदेशको कमाइ उद्योगमा हाले, महिनामा कमाउँछन् डेढ लाख

उद्योग झन्डै छ वर्ष पुगिसक्दा मासिक व्यापार करिब चालीस लाख हाराहारी हुन्छ।

विदेशको कमाइ छोडेर स्वदेशमै लाखौं कमाउँछन् घनश्याम

कास्कीको हेमजाका घनश्याम तिमिल्सिनालाई अहिले नेपालमै विदेशसरी छ । विगतमा साउदी, मलेसिया र कतारमा गरी ९ वर्ष मजदुरी गरेका उनलाई स्वदेशमै केही गर्ने हुटहुटीले अहिले सफलताको बाटोमा डोर्‍याएको छ । कास्कीमै सबैभन्दा ठूलो गाई फार्म चलाएका घनश्यामको दिनचर्या गाईसहित भैंसी र बाख्रापालन तथा खेतीपातीमा बित्छ । कुनै बखत रोजगारीका लागि विदेशिएका उनले अहिले आफैंले २५ जनालाई रोजगारी दिएका छन् ।  कृषि व्यवसायमा हालसम्म ८ करोड लगानी गरिसकेको बताउने उनले मासिक ६ लाख बढी आम्दानी गर्छन् । घनश्याम भन्छन्, ‘कमाउनका...

विदेशको कमाइ फुटबलमा लगानी

विश्वकप फुटबल चलिरहेका बेला बाजे फुटबलका खेलाडी, बाउ फुटबल खेलाडीका सौखिन थिए, आफू पनि फुटबलको जंकि... । त्यसैले त उनले खेल मोहलाई माँया गरिरहन्छन् । खेलाडीलाई देशले सम्मान गर्न नसकेको अवस्थामा उनी विदेश पलायन भए, अनि अष्ट्रेलियामा श्रमजीवी । त्यहाँबाट उनले सूचना प्रविधिमा जोडिएर विश्वनियाले, विश्वअवलोकन गरे, अनि खेलमा उनको मात लाग्यो ।