काठमाडौं, ५ असार । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेज (केएमसी)ले काठमाडौंको हात्तिगौंडामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। आशा किरण मण्डली बुढानिलकण्ठ-८ सँगको सहकार्यमा केएमसीले निःशुल्क स्वास्थ्य शिविर गरेको हो। उक्त स्वास्थ्य शिविरमा ५६२ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए। दाहालका अनुसार स्वास्थ्य शिविरमा ७७ जनाको इसिजी, […]