सर्वोच्च परिसरमा थप प्रहरी परिचालन, प्रहरी र वकिलबीच धकेलाधकेल

प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलित नेपाल बारका वकिलहरुले बिहीबार पनि सर्वोच्च अदालतमा धर्ना दिएका छन् । सो क्रममा प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको छ । प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै अवरोध गर्नेगरी धर्नामा बसेका वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि धकेलाधकेल भएको हो । सर्वोच्च अदालत परिसरमा बिहीबार अरु दिनको तुलनामा थप प्रहरी परिचालन गरिएको छ । बारको मंगलबार साँझ बसेको बैठकले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनको घोषणा गरेका थियो । जसअनुसा

सम्बन्धित सामग्री

सर्वोच्चका दुबै गेटमा धर्ना दिने बारको तयारीपछि दंगा प्रहरी परिचालन

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च परिसरमा छिर्न नदिन नेपाल बार एसोसिएशनले दुबै गेटमा धर्नाको तयारी गरेपछि दंगा प्रहरी परिचालन गरिएको छ । जबराविरुद्धको आन्दोलनलाई थप कडा पारेको बारले आज बिहान १० बजे अघिदेखि नै अदालत परिसरमा धर्ना दिँदै दुबै गेटसम्म पुग्ने तयारी गरेपछि दंगा प्रहरी परिचालन गरिएको हो । यसअघि शुक्रबार प्रधानन्यायाधीश जबरा वैकल्पिक […]