उद्योग परिसंघले गठन गर्‍यो स्टार्टअप्स अभियान समिति

कात्तिक १५, काठमाडौं । नेपाल उद्योग परिसंघले नवप्रवर्तनकारी व्यवसाय (स्टार्टअप) को प्रवर्द्धनका लागि  स्टार्टअप्स अभियान समिति गठन गरेको छ । युवा उद्यमी आयुषी केसीको सभापतित्वमा गठन भएको समितिको को–अर्डिनेटिङ उपाध्यक्षमा परिसंघका उपाध्यक्ष रोहित गुप्ता रहेका छन् । परिसंघले नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको स्थापित गर्ने उद्देश्यले समिति गठन गरिएको बताएको छ । समितिले नेपालमा स्टार्टअपको निरन्तर प्रवर्द्धनको काम गर्ने पनि उसले बताएको छ । कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्टार्टअपलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयनका लागि समितिले सरकारसँग सहकार्य गर्न सक्ने बताए । उनले व्यवसायका स्वरुपहरु परिवर्तन भइरहेको भन्दै नयाँ क्षेत्रहरुमा काम गर्ने संभावना रहेको पनि बताए । ‘अहिले व्यवसायमा परिवर्तन भइहेका छन्, यसै समितिमार्फत मेन्टरसिपको काम गर्न सकिन्छ’, उनले भने, ‘सरकारले पाँच ओटासम्म स्टार्टअपलाई १ लाख रुपैयाँका दरले प्रदान गर्न सकिने भनेको छ, त्यसमा पनि यस समितिले काम गर्न सक्छ ।’ यसैगरी परिसंघका उपाध्यक्ष रोहित गुप्ताले  समितिमार्फत व्यवसायमा आएका नयाँ नयाँ सोचबारे सदस्यहरुलाई जानकारी गराउन सकिने बताए । समितिकी सभापति आयुषी केसीले कोरोना महामारीका कारण २५ प्रतिशत स्टार्टअप बन्द भएको बताउँदै यस्ता व्यवसायको सफलताको दर असाध्यै कमजोर रहेको उल्लेख गरे । उनले सन् २०२२ को मार्चभित्रमा नेपालमा स्टार्टअप सम्मेलन गर्ने सोच  समितिको रहेको पनि बताइन् । समितिको सह–सभापतिमा चाङ अग्रवाल रहेका छन् भने सदस्यहरुमा सागरदेव भट्ट, अमुन थापा, रुपेशकृष्ण श्रेष्ठ, मनिष श्रेष्ठ, प्राची अग्रवाल, तेजिङ गोन्सर, डा मनिष थापा, लतिका गोल्यान, शिखर पण्डित, सुमन रायमाझी र इमरान अली रहेका छन् । यो पनि हेर्नुस् : एमएसएमई र स्टार्टअपलाई परियोजना मूल्यांकनको ६०% सम्म ऋण दिन महासंघको सुुझाव स्टार्टअप व्यवसायलाई प्रोत्साहन : सरकार कार्यविधिमै अलमलियो, द्विविधा अझै हटेन नेपाली स्टार्टअपका चुनौती योजना छ, पैसा छैन ? चिन्ता नगर्नोस् : स्टार्टअप कम्पनी स्टार्ट गर्न ‘अन्तरप्रेरणा’ स्टार्टअप व्यवसायलाई विशेष रुपमा अगाडि बढाउने योजनामा उद्योग वाणिज्य महासंघ अर्थ मन्त्रालयद्वारा स्टार्टअप व्यवसायलाई ऋण दिने विषयमा कार्यदल गठन स्टार्टअपलाई सहजीकरणको खाँचो स्टार्टअपलाई कर्जा दिने कार्यविधि मन्त्रिपरिषद्मा स्टार्टअप कर्जा कार्यविधिको कार्यान्वयन नवप्रवर्तन (स्टार्टअप) कोषका लागि क्राउड फन्डिङ

सम्बन्धित सामग्री

नेपाल उद्योग परिसंघ कोशी प्रदेशमा नयाँ कार्यसमिति

विराटनगर। नेपाल उद्योग परिसंघको कोशी प्रदेशको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । सभाले उद्योगी तथा संविधानसभा सदस्य पवनकुमार सारडालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा निर्वाचित भएका छन् । परिसंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि कोशी प्रदेश समितिका अध्यक्ष भीम घिमिरेले साधारणसभामार्फत नयाँ कार्यसमिति गठन गराएका हुन् । समितिमा ६ जना उपाध्यक्ष र ३ जना मानार्थ उपाध्यक्ष पद रहने व्यवस्था गरिएको छ । साधारणसभाले नवलकिशोर काबरा, देवेन्द्रप्रसाद गुप्ता, सुशील जोशी, कृष्ण अग्रवाल, दीपक पौडेल र गिरिजा सारडालाई उपाध्यक्ष पदमा निर्वाचित गरेको छ । यसैगरी घनश्याम काबरा, रमेश राठी र ग्रिस लुनियाँलाई मानार्थ उपाध्यक्ष पदमा चयन गरिएको छ । मानार्थ उपाध्यक्ष पदको जिम्मेवारी पाएका लुनियाँ अघिल्लो कार्यसमितिमा कोषाध्यक्ष थिए । अघिल्लो कार्यसमितिमा कार्यसमिति सदस्य रहेका साकेत राठी कोषाध्यक्ष बनेका छन् । राजेन्द्र राठी, वेदान्त जाजु, कर्ण रायमाझी, डेनिस कार्की, दिवस सुवेदी, मधुर दुगड, ऋषभ दाहाल, मुकेश कोठारी, जितेन्द्र राठी, अविदअली अन्सारी, अजिता बराल, पुनित पौडेल, हरिवंश राठी, सन्नी अग्रवाल, पवन पंकज पारख, दिवाकर राठी र अजय राठी कार्यसमिति सदस्य छन् । एसियन थाई फुड्सका सञ्चालक तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजुलाई परिसंघ कोशी प्रदेशको प्रमुख सल्लाहकार चयन गरिएको छ । वासुदेव गोल्यान, सुशील धनावत, सन्तोष रिजाल, शंकरलाल अग्रवाल र श्रीनिवास सारडालाई सल्लाहकार चयन गरिएको छ । यस्तै राजन भगत, रीता ढकाल, महेश पौडेल, अनुप सिग्देल, सञ्जीव सिग्देल, अमित सिंघल, रजत तोदी, निखिल तोदी, प्रशान्त तातेड र भवेश राठीलाई परिसंघको मानार्थ सदस्य चयन गरिएको छ ।  परिसंघको साधारणसभाबाट अध्यक्ष सारडाको संयोजकत्वमा संरक्षण तथा भवन निर्माण समिति पनि गठन गरिएको छ । मोती दुगड, विकास दुगड, शिवप्रसाद घिमिरे, महेश सोनी र विशाल अग्रवाल उक्त समितिमा सदस्य छन् ।

नेपाल उद्योग परिसंघ सुनसरीको अध्यक्षमा अग्रवाल

नेपाल उद्योग परिसंघ सुनसरीको अध्यक्षमा अनिलकुमार अग्रवाल चयन भएका छन् ।परिसंघका प्रदेश–१ का अध्यक्ष भीम घिमिरेको उपस्थितिमा भएको उद्योगीहरूको भेलाले अग्रवालको नेतृत्वमा सुनसरी जिल्ला समिति गठन गरेको हो । त्यस्तै उद्योगपति विनोद अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा ईश्वरीप्रसाद पराजुली, महासचिवमा प्रल्हाद दाहाल, सहसचिवमा दिवाकर पौडेल (सागर) र कोषाध्यक्षमा राजेश […]

परिसंघको प्रदेश १ अध्यक्षमा पुनः भीम घिमिरे

विराटनगर । नेपाल उद्योग परिसंघको प्रदेश १ को अध्यक्षमा पुनः भीम घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रवार भएको परिसंघको प्रथम साधारणसभाले घिमिरेको अध्यक्षतामा २९ सदस्यीय प्रदेश समिति निर्विरोध चयन गरेको हो । उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष समेत रहेका घिमिरेको अध्यक्षतामा ६ महीनाअघि परिसंघको प्रदेश समिति गठन भएको थियो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, पाँचजना उपाध्यक्षमा नवल किशोर कावरा, सुशीलकुमार जोशी, कृष्णकुमार अग्रवाल, दीपक पौडेल, देवेन्द्र गुप्ता निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा गिरीश लुनिया र सदस्य तथा प्रवक्तामा दिवस सुवेदी छन् । महानिर्देशक विजयहरि शर्मा रहेका छन् भने सदस्यहरूमा विकास अधिकारी, वेदान्त जाजु, डेनिस कार्की, राजेन्द्र राठी, अनुप सिग्देल, कर्ण रायमाझी, भवेश राठी, निखिल तोदी, गिरिजा सारडा, मधुर दुगड, ऋषभ दाहाल, साकेत राठी, अनुपमा बास्तोला, मुकेशकुमार राखेया, महेश पौडेल, रजत तोदी, आविद अलि अन्सारी, महिला उद्यमी सभापतिमा मधु लोहिया र युवा उद्यमी सभापतिमा गोपाल अग्रवाल रहेका छन् । यस्तै प्रमुख सल्लाहाकार समितिमा महेश जाजू, वासुदेव गोल्यान, सुशील धनावत, शंकरलाल अग्रवाल, श्रीनिवास सारडा, मीन प्रकाश मैनाली र उद्धव रिजाल छन् ।   कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गरेका थिए । विराटनगर विमानस्थललाई सुनसरीको अमडुवामा सार्ने नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भीम घिमिरेले राखेको प्रस्तावमा उनले राजनीतिक दल, नागरिक समाज र उद्योगी व्यवसायीको सहमति भए आफूले क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल बनाउन पहल गर्ने बताएका छन् ।

उद्योग परिसंघमा विदेशीलगानी सहजीकरण समिति गठन

नेपाल उद्योग परिसंघ अन्तर्गत विदेशी लगानी सहजीकरण समिति गठन भएको छ । परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी समिति गठन भएको हो ।  समितिको सह–संयोजकमा परिसंघका राष्ट्रिय परिषद सदस्य एवं सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन रहेका छन् । समितिमा गौरव गोयल सदस्य रहेका छन् ।  समितिले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन भएका समस्या समाधानका लागि नीतिगत मध्यस्थता र प्रक्रियागत सरलीकरणका लागि पहल गर्नेछ । यसैगरी समितिले नेपा...

अर्थमन्त्री–उद्योग परिसंघ भेट : ३४ ओटा क्षेत्रमा नीतिगत सुधार गर्न सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर विभिन्न क्षेत्रमा नीतिगत सुधार गर्न सुझावपत्र बुझाएका छन् । सुझावपत्रमा सरकारको न्यूनतम साझा कार्यक्रम र अर्थ मन्त्रालयद्वारा सार्वजनिक आर्थिक अवस्थाको जानकारीपत्रमा उल्लेख भएबमोजिम उत्पादनशील अर्थतन्त्रमा रूपान्तरण गर्न सीएनआईले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’ ले महŒवपूर्ण सहयोग पु¥याउने भन्दै विभिन्न ३४ ओटा क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औंल्याइएको छ । त्यसका लागि अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, कानून मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल उद्योग परिसंघका प्रतिनिधि सम्मिलित समिति गठन गर्नुपर्ने सुझाव दिइएको छ । अर्थतन्त्रलाई चलायमान बनाउँदै रोजगारी एवं स्वरोजगारीको वृद्धि गर्न नयाँ एवं विद्यमान साना तथा मझौला उद्योगहरूलाई परियोजना धितोमा ५ करोडसम्म ऋण उपलब्ध गराउन च्यालेन्ज फन्डको व्यवस्था गरिनुपर्ने, स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि स्वदेशमै उत्पादन हुने वस्तुको आयात निरुत्साहन गर्नुपर्ने साथै स्वदेशमा उत्पादन हुने वस्तुले पालना गर्नुपने मापदण्ड र गुणस्तरका प्रावधान आयात हुने सम्पूर्ण वस्तुमा अनिवार्य लागू गरिनुपर्नेलगायत सुझावहरू समेटिएका छन् । सुझावपत्र ग्रहण गर्दै अर्थमन्त्री शर्माले सीएनआईले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’को प्रशंसा गर्दै उत्पादनमूलक उद्योग स्थापना र सञ्चालनका लागि सहज हुने गरी नीति निर्माण तथा संशोधन गरिने बताए । ‘के गर्दा सरकारको राजस्व वृद्धि हुन्छ र निजीक्षेत्रलाई सहज हुन्छ त्यो काम गर्न म तयार छु,’ शर्माले भने ‘श्रमशक्तिको हिसाबले अहिलेको समय उपयुक्त समय हो । देशमा युवा बहुल जनसंख्या भएको बेला हो, यो । समय घर्कियो भने काम गर्न गाह्रो हुन्छ । यो अवसरलाई ध्यान दिएर काम गर्न जरुरी छ ।’ सीएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले हालै जारी मौद्रिक नीति समग्रमा राम्रो रहेको भन्दै सीसीडी रेसियो खारेजीले सृजना गरेको अन्योल चाँडै हटाउन माग गरे । अर्थमन्त्री शर्माले केही द्विविधा रहेको भए समाधान हुँदै जाने बताए । अध्यक्ष विष्णुकुमार अग्रवालसहित उपाध्यक्ष निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल सम्मिलित प्रतिनिधिमण्डलले अर्थ सचिव मधुकुमार मरासिनीसँग पनि भेट गरी विभिन्न समस्या र प्रस्तुत सुझावसम्बन्धी जानकारी गराएको छ ।