राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन भएपछि बाँकेको एलगाउँवासी शोकमग्न भएका छन् । नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस शनिवार नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको एसमोडमा दुर्घटना हुँदा बाँकेको खजुरा गाउँपालिका–२ का ३६ वर्षीय चालक सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर–१० का ५५ […]
श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले अब दलहरूबीच कसले कति पटक सत्ता चलाउने भन्नेमा नभई कसले देशका लागि राम्रो काम गर्ने भन्ने विषयमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रका लागि लामो समयदेखि घनिष्ठ सम्बन्ध र सहकार्य रहँदै आएको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका अवसरमा सभापति गगनकुमार थापालाई शुभकामना सन्देश पठाउँदै खड्गेले दुई देशका राजनीतिक दलबीचको लोकतान्त्रिक सहकार्यको स्मरण गरेका हुन्। खड्गेले कांग्रेसको महाधिवेशन संस्थापक नेता बीपी कोइरालाले अघि सारेका […]
काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान र भविष्यबारे गम्भीर छलफल तथा संवाद गर्ने थलो भएको बताएकी छन् । पार्टीको आजदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उपसभापति भुसालले लोकतन्त्रका लागि लामो समय सङ्घर्ष गरेको कांग्रेसले आफ्नो वर्तमान अवस्थाको समीक्षा गर्दै भविष्यको बाटो तय गर्नुपर्ने बताउनुभएको हो । ‘विसं २००४ देखि […]
नुवाकोट, १८ असोज । विपद्का समयमा एउटा समुदायले अर्को समुदायलाई साथ दिनुपर्छ। सायद, मानवीय सहयोगमा भूगोल वा अन्य कुनै छेकबार हुँदैन, केवल मन भए पुग्छ। विपद्का बेला भौगोलिक सीमाभन्दा माथि उठेर मानवीय सहयोग गर्नुपर्छ भन्ने सन्देशसहित दक्षिण कोरियाबाट आएको स्वयंसेवी टोलीले भोटेकोशी बाढी प्रभावित नुवाकोटको घर सरसफाइ तथा पुनरुत्थानमा गरेको काम स्थानीय समुदायका लागि प्रेरणाको […]
बालबालिकालाई जन्मिएदेखि नै विभिन्न संक्रामक तथा गम्भीर रोगबाट जोगाउन खोप दिन सुरु गरिन्छ । बच्चाको रोगप्रतिरोधात्मक क्षमता क्रमशः विकास हुँदै जाने भएकाले निर्धारित उमेरमा आवश्यक खोप लगाउनु अत्यन्त महत्वपूर्ण हुन्छ ।
खोपले क्षयरोग, पोलियो, डिफ्थेरिया, कालीखोकी, …