राधी विद्युतले ५ प्रतिशत लाभांश वितरण गर्ने, पुस २९ गते पारित हुने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले यस वर्ष पनि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस वर्ष गत वर्षकै अनुपातमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा उक्त दिन बिहान ११ बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पािरश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुने छन् ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

सम्बन्धित सामग्री

लुम्बिनी विकास बैंकले शेयरधनीलाई ८.५० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडाैँ – लुम्बिनी विकास बैंकले आफ्ना शेयरधनीलाई ८.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले बिहीबार १६ औँ वार्षिक साधारण सभा सम्पन्न गर्दै आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरी आर्थिक वर्ष २०८०/८१ को लागि शेयरधनीलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस शेयरसहित कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको […]

कुमारी बैंकको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

कुमारी बैंकले आफ्ना शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा हालै बसेको २२औँ वार्षिक साधारणसभाले कर प्रयोजनसहित उक्त परिमाणको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

२५ प्रतिशत नगद लाभांश वितरण गर्ने सनराईज क्यापिटलको निर्णय

सनराईज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/२०७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको हो ।उक्त लाभांश कम्पनीको आगामी बस्ने बाह्रौं वार्षिक साधारणसभा सम्पन्न भई पारित भए पश्चात् वितरण गर्ने जानकारी कम्पनीले गराएको छ । कम्पनीले हाल शेयर निष्कासन, १८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्य, लगानी व्यवस्थापन सेवा, शेयर प्रत्याभूति लगायत सनराईज सामूहिक लगानी कोष अन्तर्गत सनराईज फष्ट म्यूचुअल फण्ड र

गरिमा क्यापिटलको १५.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

गरिमा क्यापिटलको १५.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको हालै सम्पन्न छैटौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

हिमालयनको २६ प्रतिशत लाभांश पारित

हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २९औँ साधारणसभाले २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको...

एनसीसी बैंकको ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सञ्चालक समितिले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । बैंकको २९ पुसमा सम्पन्न २४औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश वितरण गर्ने

हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले २५ प्रतिशत नगद लाभांश र ७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।सञ्चालक समितिको यस प्रस्ताव साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । कम्पनीले गत आर्थिक वर्षको नाफा तथा संचित मुनाफासमेतबाट आफ्ना सेयरधनीलाई शतप्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ ।

निफ्राको ८.४२ प्रतिशत लाभांश पारित

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको तेस्रो वार्षिक साधारणसभा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।सभाले २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारुति गर्ने र आव २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने […]

डिप्रोक्स लघुवित्तको २१.०५ प्रतिशत लाभांश पारित

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । चितवनमा सम्पन्न सभाले २१.० ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।२० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २१.०३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी एक […]

नेपाल बंगलादेश बैंकले १५.५ प्रतिशत लाभांश वितरण गर्ने

नेपाल बंगलादेश बैंकले लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको सञ्चालक समिति बैठकले साढे १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसअनुसार १२ प्रतिशत बोनस सेयर र साढे ३ प्रतिशत (करसहित) नगद लाभांश बाँड्ने निर्णय गरिएको छ । यद्यपि यो निर्णय राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि मात्रै लागू हुनेछ […]