प्रतिनिधि सभामा एमालेको अवरोध कायमै, भीम रावलद्वारा एमसीसीको विरोध

काठमाण्डाै – प्रतिनिधि सभाको आज आइतवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरेको छ ।  गएको भदौदेखि नै संसदमा नाराबाजी गर्दै अवरोध गर्दै आएको एमालेले आज पनि बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदले नाराबाजी गरेका छन् । नाराबाजीकै बीचमा एमालेकै सांसद भीम रावलले भने बोल्ने समय मागेर अमेरिकी सहायता एमसीसी सम्झौता पास भएकोमा विरोध गर्नुभयो । यस्तै दार्चुलामा भारतले महाकालीको धार नै परिवर्तन गरेको र अन्तर्राष्ट्रिय सन्धि, सम्झौता विपरीत थिचोमिचो गरेको भन्दै नेता रावलले आपत्ति जनाउनुभयो ...