ट्राफिक प्रहरीले दिन थाल्यो क्यूआर कोडसहितको प्रतिलिपि

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारबाट क्यूआर कोडसहितको प्रतिलिपि सिफारिस दिन सुरुवात गरेको छ। सवारी साधनको कागजपत्र हराएको भनी प्राप्‍त निवेदनका आधारमा ट्राफिक प्रहरी कार्यालयमा कागजपत्रहरू भए/नभएको यकिन गरी कारबाहीमा नपरेको अवस्थामा ट्राफिक प्रहरीले प्रतिलिपिको सिफारिस दिन थालेको हो। सिफारिस पत्रमा शंका लागेमा जुनसुकै क्‍यूआर कोड रिडरमार्फत...

सम्बन्धित सामग्री

यातायात व्यवस्था कार्यालय सुर्खेत : परीक्षणकालीन सवारीचालक अनुमतिपत्र वितरण शुरू

सुर्खेत (अस) । यातायात व्यवस्था कार्यालय, सुर्खेतले परीक्षणकालीन सवारीचालक अनुमतिपत्र वितरण शुरू गरेको छ । परीक्षणकालीन सवारीचालक अनुमतिपत्र वितरण शुरू भएसँगै ट्रायल परीक्षा पास गरेका नयाँ सेवाग्राहीले चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ भने स्मार्टकार्ड पर्खिनु नपर्ने भएको छ । सुर्खेतमा आइतवार एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापाले परीक्षणकालीन सवारीचालक अनुमतिपत्र वितरणको शुभारम्भ गरेका हुन् । उनले ट्रायल परीक्षा पास गरेकालाई लाइसेन्स नपाएर समस्या खेप्नुपर्ने बाध्यता अन्त्य भएको बताए । यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुर्खेतसहित सहित देशका विभिन्न भागमा सो निर्णय लागू भएको छ । ट्रायल परीक्षा पास गरेपछि १ वर्षसम्मको अवधि राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको हो । यो अवधिमा पाँच गल्ती गरेमा लाइसेन्स नै खारेज हुने यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आन्दन चपाईंले जानकारी दिए । उनले यसअघि पास भएका चालकलाई यातायात कार्यालयले रसिद दिँदै आएकोमा अब क्यूआर कोड जडान गरिएको परीक्षणकालीन कार्ड तत्काल वितरण गरिने बताए । ट्रायल परीक्षा पास गरेर राजस्व तिरेको रसिद देखाउँदा पनि ट्राफिक प्रहरीले जरीवाना लगाउने गरेको गुनासो बढ्दो थियो । क्यूआर कोड जडान गरिएको परीक्षणकालीन कार्ड तत्काल वितरण हुने भएपछि सेवाग्राहीले भोग्दै आएको समस्या पनि समाधान हुने भएको छ । नयाँ सवारी चालक अनुमतिपत्र बाहकले लिखित तथा ट्रायल परीक्षा पास गरेपछि राजस्व दाखिला गरी रसिद काटेकै दिन परीक्षणकालीन कार्ड उपलब्ध गराइने यातायात व्यवस्था कार्यालयका प्रमुख चपाईंले जानकारी दिए । ‘क्यूआर कोड जडित कार्ड नक्कली हो कि सक्कली हो भन्ने परीक्षण गर्न सकिन्छ,’ चपाईंले भने । लामो समयदेखि नयाँ स्मार्टकार्ड अभाव भइरहेका बेला परीक्षणकालीन कार्ड वितरणले सेवाग्राहीलाई सहज हुने उनले बताए । स्मार्ट कार्ड नहुँदा दोष खेपिरहेका यातायात कार्यालयका कर्मचारीलाई समेत उक्त व्यवस्थाले राहत दिएको छ । हालैमात्र चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेका नयाँ सेवाग्राहीलाई परीक्षणकालीन कार्ड दिने व्यवस्था गरिएको कार्यालयले बताएको छ । इगलआई आईटी सर्भिस र मालिका इन्कर्पाेरेट प्रालिको प्राविधिक सहकार्यमा देशभर परीक्षणकालीन चालक अनुमतिपत्रको व्यवस्थापन मिलाइएको हो ।

ट्राफिक नियम उल्लंघन गर्नेले अब मोबाइलबाटै जरिवाना तिर्न पाउने

काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकले अब जरिवाना रकम क्यूआर कोडबाटै भुक्तानी गर्नसक्ने भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर पे मार्फत् भुक्तानी गर्ने सेवाको आज दिउँसो १ बजे शुभारम्भ गर्ने जनाएको छ। महाशाखाका अनुसार जरिवानामा पर्ने चालकलाई अब ट्राफिक प्रहरीले क्युआर कोड भएको रसिद दिनेछ। रसिद लिएर जरिवाना रकम जम्मा गर्न बैंक धाउनुपर्ने बाध्यता हट्नेछ। मोबाइलबाटै क्यूआर कोड स्क्यान गरी राजश्व तिर्न सक्ने महाशाखाले जनाएको छ।

अब मोबाइलबाटै ट्राफिक जरिमाना भुक्तानी गर्न सकिने

ट्राफिक नियम उल्लंघनकर्ताले अब बैंकमा गएर जरिमानाबापतको रकम तिर्नुपर्ने समस्या हट्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकले क्यूआर कोडबाटै जरिमाना भुक्तानी गर्न पाउने व्यवस्था गरेकाले यो समस्या हट्न लागेको हो । महाशाखाले आज बिहीबारदेखि औपचारिक रूपमा यो कार्यक्रमको थालनी गर्ने भएको छ । ट्राफिक प्रहरीले यसका लागि क्यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्नेगरी सफ्टवेयर विकाससमेत गरेको छ । डिउटीमा खटिएका ट्राफिक प्रहरीले अब सवारी नियम उल्लंघन गर्ने चालकलाई क्यूआर कोड भएको चिट दिनेछ । त्यसपछि नियम उल्लंघनकर्ताले सोही क्यूआ...