सुर्खेत कारागारमा क्षमताभन्दा बढी कैदी

सुर्खेत जिल्ला कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको उक्त कारागारमा हाल ३३२ जनालाई राखिएको छ ।  अहिले कारगारमा पुरुष ३३२ र महिला ४३ राखिएको जिल्ला कारागारका सूचना अधिकारी (नायब सुब्बा) भुवन गौतमले जानकारी दिए । उनका अनुसार पुर्पक्षका लागि थुनामा ६६ पुरुष र आठ महिला छन् । त्यस्तै जबर्जस्ती करणीका १७ र लागूऔषधका १५ जना रहेको सूचना अधिकारी गौतमले बताए । “पछिल्लो समयमा बहुविवाह र चोरीका मुद्दा बढ्दै गएका छन्”, उनले भन