दाङ र रोल्पामा भएको सवारी दुर्घटनामा दुईको मृत्यु

दाङ र रोल्पामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दाङको  घोराही उपमहानगरपालिका-११ भाइरल रोडस्थित सडकमा हापुरबाट घोराहीतर्फ आउँदै गरेको मोटरसाइकल शनिबार राति अनियन्त्रित हुँदा मोटरसाइकल चालक लमही नगरपालिका-९ रिहार बस्ने २४ वर्षीय सुनिल चौधरीको मृत्यु भएको  प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । यस्तै रोल्पाको माडी गाउँपालिका-४ रिचावाङस्थित सडकमा रा