एनआरएनए प्रतिनिधिले भेटे नवनियुक्त अर्थमन्त्री महतलाई

काठमाडौं, २६ चैत्र । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरेको छ । कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ज्ञापनपत्रमार्फत् आफ्ना समस्या अर्थमन्त्री महतसमक्ष राखेका थिए । एनआरएनए प्रतिनिधिले लगानीमैत्री वातावरण, नागरिकताको निरन्तरता, सम्पत्तिको सुरक्षालगायतका विषय सम्बोधनका लागि आग्रह गरेका थिए । सो अवसरमा अर्थमन्त्री महतले आगामी बजेटमार्फत […]