यो वर्ष आर्थिक वृद्धि ३ दशमलव नौ प्रतिशत, आगामी वर्ष ४ दशमलव सात प्रतिशत

चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३ दशमलव नौ प्रतिशत मात्रै हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । मंगलबार सार्वजनिक ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स २०२२ ले सरकारले लिएको लक्ष्यको तुलनामा कमजोर आर्थिक...

सम्बन्धित सामग्री

वृद्धि भएको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने

सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने भएका छन् । आर्थिक वर्ष ०७९/८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो । वृद्धि भएको तलब भत्ता साउन १ गतेबाट लागू भइसकेको छ । कर्मचारीको तलब वृद्धि पदाधिकारी तथा मन्त्रीहरूको तलब पनि स्वतः सोही अनुसार बढ्छ । तर, अर्थतन्त्र चालु आवका लागि मन्त्रिपरिषद्का सदस्यले बढेको तलब नलिने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

एक महिनाको मूल्य वृद्धि पुग्यो ८.२६ प्रतिशत

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा (साउन) मूल्य वृद्धि ८.२६ प्रतिशत भएको प्रतिवेदन नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.११ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.१८ प्रतिशत रहेको छ । २०७८ साउन महिनाको […]

यो वर्ष आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत : आगामी वर्ष ४ दशमलव ७ प्रतिशत

कोभिड– १९ विरुद्धको खोप लगाउने दर उच्च भए पनि यो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ७ प्रतिशत मात्रै हुने प्रक्षेपण विश्वबैंकले गरेको छ । त्यस्तै, आगामी आर्थिक वृद्धि २०७९÷८०...

गएको साउनदेखि मङ्सिरसम्ममा मूल्य वृद्धि सात प्रतिशत नाघ्यो

काठमाण्डाै – चालु आर्थिक वर्षको मङ्सिर महिनामा मूल्य वृद्धि सात प्रतिशत नाघेको छ । अघिल्लो आर्थिक वर्षको मङ्सिर महिनामा दुई दशलमव ९३ प्रतिशत रहेको मूल्य वृद्धि बढेर सात प्रतिशत नाघेको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष मङ्सिरको तुलनामा २०७८ मङ्सिरमा घिउ तथा तेलको मूल्य २८ दशमलव ५२ प्रतिशतले बढेको छ । यस्तै यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहको मूल्य वृद्धि भएको छ । बढ्दो मूल्य वृद्धि, उच्च आयात र घट्दो रेमिट्यान्सका कारण अर्थतन्त्र थप अप्ठ्यारोमा परेको देखिएको छ । चालु आर्थिक वर्ष...

यो वर्ष नेपालको आर्थिक वृद्धि दर ३.९ प्रतिशत: विश्व बैंक

नेपालको अर्थतन्त्र चालु आर्थिक वर्ष २०७८/०७९ मा ३.९ प्रतिशतले वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। यो वृद्धिदरको प्रक्षेपण स्थिर बजार मूल्यमा आधारित छ।...

बाँकेमा राजस्व सङ्कलनमा १०९ प्रतिशत वृद्धि

बाँके। बाँकेको नेपालगन्ज भन्सार कार्यालयमा राजस्वमा वृद्धि हुँदा रु १७ अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ। कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीका अनुसार यस आर्थिक वर्ष २०७७/७८मा सरकारले तोकेको लक्ष्य रु १८ अर्ब रहेको थियो। गत आव २०७६/७७ मा १४५ प्रतिशत राजस्व वृद्धि भई रु १५ अर्ब १८ करोड सङ्कलन भएको थियो।

४ प्रतिशत आर्थिक वृद्धि कठिन

कोभिड प्रभावका कारण ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन देखिएको छ । आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख देखिए पनि कोभिड संक्रमण नियन्त्रणार्थ निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण हुने नेपाल राष्ट्र बैंकको ठम्याइ छ ।सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखेको थियो । तर, केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आर्थिक वृद्धि आधारभूत मूल्यमा ३.९८ प्रतिशत अनुमान हालै सार्वजनिक गरेको

यो वर्ष आर्थिक वृद्धि ४.०१ प्रतिशत रहने अनुमान

१७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने संशोधित अनुमान सरकारले गरेको छ । शुक्रबार आव २०७७/७८ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै केन्द्रिय तथ्यांक विभागले यस्तो अनुमान गरेको हो । चालु आवको बजेटले आर्थिक वृद्धिदर ७ प्रतिशत हाराहारी रहने अनुमान गरेको थियो । तर, कोरोना महामारीको बढ्दो संक्रमणका […]