वनमा लागेको डढेलो गाउँ पस्यो, २० लाख रुपैयाँ बढीको क्षति

खोटाङ– सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर,  गोठ र पशुचौपाया जलेर नष्ट हुँदा २० लाख रुपैयाँ बढीको क्षति भएको छ । बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई, सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो । गाउँका अन्य घरलाई स्थानीय बासिन्दाको प्रयासले […]

सम्बन्धित सामग्री

पहिरोले चैनपुर प्रसुति गृहमा २० लाख बढीको क्षति

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका –६ मा रहेको प्रसुति गृह भवनमा क्षति पु¥याएको छ । लगातारको बर्षासँगै आएको पहिरोले चैनपुर–६ मा रहेको प्रसुति गृह भवनमा क्षति पुगेको हो । आइतबार बिहान माथिबाट खसेको पहिरोले प्रसुति गृहमा क्षति पुगेको चैनपुर नगरपालिका उपप्रमुख एलिना श्रेष्ठले जानकारी दिइन् । पहिरोले प्रसुति गृहमा २० लाख रुपैयाँ बराबरको क्षति पुगेको […] The post पहिरोले चैनपुर प्रसुति गृहमा २० लाख बढीको क्षति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाढीले सौराहाको पर्यटकीय क्षेत्रमा ५ करोडभन्दा बढीको क्षति

असार २४, चितवन  । देशकै प्रमुख  पर्यटकीय गन्तव्य मध्ये सौराहामा गत साता आएको बाढीले पाँच करोडभन्दा बढीको क्षति भएको छ । क्षेत्रीय होटल संघ चितवनले संकलन गरेको विवरणअनुसार बाढीका कारण सौराहाका होटल तथा रेस्टुरेन्टहरुमा ५ करोडभन्दा बढीको धनमाल क्षति भएको हो । कोरोना महामारीको मारमा परेका  व्यवसायीहरु बाढीका कारण झन पीडित बनेका छन् । असार १७ गते बूढीराप्तीमा आएको बाढी पसेर यहाँका डेढ दर्जन होटल तथा रेस्टुरेन्ट डुबानमा परेको संघका अध्यक्ष दिपक भट्टाईले जानकारी दिए  । उनका अनुसार  अधिकांश होटलहरुका रूममा पानी पसेको छ । बाढीले बगाएर ल्याएको लेदो माटो जमेर होटलको संरचना र सोन्दर्यसमेत  बिग्रिएको छ । सौराहाको  सपना भिलेज, होटल सेभेन स्टार, टिफिन हाउस, होटल पार्क इन, मृगकुञ्ज होटल, पब्जी रेस्टुरेन्ट, अर्थ लाइट, होटल ल्यान्डमार्क, होटल ग्रीन पार्क, होटल जंगल लज, होटल जंगल क्राउन, बाघमारा वाइल्डलाइफ, होलिडे सफारी, जंगल नेपाल रिसोर्ट, वेन्डिज लज, चितवन रिसोर्ट, सौराहा किचन र होटल मोनालिसा डुबानमा परेका थिए । डुबानमा परेकामध्ये सपना भिलेज, टिफिन हाउस, होटल पार्क इन, मृगकुञ्ज होटल, पब्जी रेस्टुरेन्ट, वेन्डिज लजमा सबैभन्दा बढी क्षति भएको भएको संघले बताएको छ । सपना भिलेजमा बाढीले ल्याएको लेदो माटो फालेर अझै सकिएको छैन । बाढीका कारण सपना भिलेजमा मात्र २० लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक ध्रुव गिरीले बताए  । होटलका रूममा रहेका ओछ्यान काम नलाग्ने भएका छन् भने होटल सञ्चालनका लागि प्रयोग हुने कफी मेसिन, वासिङ मेसिन, फ्रिज, छ ओटा पानी तान्ने मोटर बिग्रिएको र कुर्सी–टेबल बाढीले बगाएको गिरीको भनाइ छ  ।  अन्य होटलहरुको बाहिरी र भित्री संरचनामा आशिंक क्षति पुरयाएको व्यवसायीअरुले बताएका छन् । हालसम्म पनि बाढीको जोखिम रहेको र बाढी नघटेकाले थप नोक्सान हुँदै गएको उनीहरुको भनाइ छ ।

उदयपुरको ताप्लिस्थित एक घरमा आगलागी

उदयपुर । उदयपुरको ताप्लिस्थित एक घरमा आगलागी भएको छ । आगलागीबाट पञ्चे सार्कीको घर जलेर नष्ट भएको छ भने २० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीको भनाई छ ।

ललितपुरको एक उद्योगमा आगलागी, २ करोड बढी क्षति

३१ वैशाख, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित–७ स्थित एक उद्योगमा गएराति आगो लाग्दा २ करोडभन्दा बढीको क्षति भएको छ । नर्कटेचोकमा रहेको समृद्धि प्रिन्ट एण्ड प्याकिङ उद्योगमा राति आगो लागेको हो । सो उद्योग स्थानीय दिनेश सुवेदीको हो । आगलागीबाट २ करोड २० लाख रुपैयाँ बराबरको क्षति भएको ललितपुर प्रहरीले जनाएको …