रौतहटमा विषालु सर्पको बिगबिगी

रौतहट : बर्खा सुरु भएसँगै रौतहटमा विषालु सर्पको बिगबिगी बढेको छ। चर्को गर्मीको कारण दुलो भित्र लुकेर बस्ने विषालु सर्प पानी पर्न थालेपछि बाहिर निस्केर मानिसलाई टोक्ने क्रम बढेको हो। प्रादेशिक अस्पताल गौरमा दैनिक जसो १० देखि १५ जना सम्म सर्पदंशको बिरामी उपचारको लागि आउने गरेका छन्। असार ११ गते देखि २२ गते सम्म ४५ जना सर्पदंशको विरामीहरु उपचार गराउन आएको अस्पतालले जनाएका छ्न्। प्रादेशिक अस्पताल गौरको इमरजेन्सी सेवामा कार्यरत हेल्थ असिस्टेन्ट मुकेशकुमार झाका अनुसार साँझ पख सर्पदंशको