काठमाडौँ – पाँचदलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा जारी छ। केही बेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत नेता सहभागी छन्। तर राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी छैनन्। निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न […]