खाल्डाखुल्डीले अस्तव्यस्त बनेको बुटवलको मुख्य सडककाे मर्मत सुरु

बुटवल- बुटवल उपमहानगरपालिकाले चासो देखाएपछि बुटवलको मुख्य सडक मर्मत गर्न थालिएको छ। संघीय सरकार अन्तर्गतको आयोजना भएपनि सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीले काम अघि नबढाएपछि बुटवल उपमहानगरपालिकाले काम अघि बढाउन निर्देशन दिएको थियो। बुटवल उपमहानगरपालिकाको निर्देशनपछि ठेकेदार कम्पनीले राजमार्ग चौराहा, मिलनचोक, अस्पताल लाइन, ट्राफिक चोक लगायतका स्थानमा खाल्डा पुर्ने र सम्याउने काम थालेको हाे। […]