बजेट विवाद : धनकुटाका पाँच वडाध्यक्षले गरे कार्यपालिका बैठक बहिष्कार

धनकुटा : धनकुटा नगरपालिकाले बजेटको सिलिङ तोक्दा संघीयताको मर्म र भावना विपरित वडाहरूमा जाने बजेट कटौती गरेको भन्दै पाँचजना वडाध्यक्षले कार्यपालिका बैठक बहिष्कार गरेका छन्।नगरपालिकाका १० वटै वडामा जाने बजेट नगर प्रमुख चिन्तन तामाङले आफू खुसी विनियोजन गर्न खोजेकाले बैठक बहिष्कार गर्नु परेको वडाध्यक्षहरूले बताएका छन्। वडाध्यक्षको अधिकार कटौती गरी निरंकुश शैलीले बजेट विनियोजन गर्दा विकासमुखी र यथार्थपरक नभई वितरणमुखी मात्रै भएको उनीहरुको आरोप छ।वडा नम्बर ३ का विकास घिमिरे, वडा नम्बर ५ का धनकुमार राई