बागमती प्रदेशबाट स्वतन्त्र हैसियतमा निर्वाचित राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले प्रधानमन्त्री शेरबहादुर देउवा जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्री भएको दावी गरेका छन् । उनले अदालतले जनताको जनादेशबाट निर्वाचित सांसदको पक्षमा फैसला गर्दा कसरी अदालतको परामादेश हुन्छ भन्दै प्रश्न समेत गरेका छन् । ‘देउवा अदालतको परमादेश नभई जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन्’, देवकोटाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन् ।जनताको अभिमतबाट निर्वाचित १४९ सांसदले शशरीर