बयानका लागि उपस्थित हुन चुडामणि शर्मालाई अख्तियारको पत्र

काठमाडौं। राजश्व विभागबाट निलम्बन गरिएका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई बयानका लागि अख्तियारले बोलाएको छ। गैरकानूनी कर फछ्यौट प्रकरणमा मुछिएका शर्मालाई सूचना प्रकाशित गरी बोलाएको हो। शर्मालाई ७ दिनभित्र हाजिर हुन भनिएको छ। शर्मामाथि कर फछ्यौटका लागि भएका सम्झौतामा विभिन्न करदातासँग लाभ लिएर राज्यलाई ठूलो आर्थिक नोक्सानी पु¥याएको आरोप छ।

सम्बन्धित सामग्री

चुडामणि शर्माले बुझाए एक करोड धरौटी

१२ मंसिर, काठमाडौं । १० अर्ब रुपैयाँ अनियमितताका आरोपित तत्कालिन कर फस्र्योट आयोगका एक सदस्य चुडामणि शर्मा एक करोड रुपैयाँ धरौटी बुझाएका छन् । लामो समयपछि मंगलबार थुनछेक बयानका लागि विशेष अदालत उपस्थित भएका शर्माले एक करोड रुपैयाँ धरौटी तिरेका अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए । अदालतका न्यायाधिश द्वारिकामान जोशी, रत्नबहादुर …

१ करोड धरौटी राख्दै छुटे चुडामणि :: Pahilopost.com

काठमाडौं : एक करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्दै चुडामणि शर्मा तारेखमा छुटेका छन्।   विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासँग १ करोड रुपैयाँ धरौटी मागेको थियो। थुनछेक बयानका लागि निलम्बित महानिर्देशक शर्मा आज विशेष अदालतमा उपस्थित भएका थिए। शर्माले अदालत पुगेर बयान दिए। साथै अदालतले जमानी