म्याग्दीमा हिमपात : बाली सप्रिने आसमा किसान (फोटो फिचर)

म्याग्दी : म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरी हिमपात भएको छ। यस वर्षको यो पहिलो हिमपात हो। हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्।मंगलबार रातिदेखि परेको वर्षासँगै हिमपात भएपछि चिसो अत्यधिक बढेको छ। म्याग्दीको धवलागिरि, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको हिमाली क्षेत्र अधिकांश हिउँले ढाकिएको छ।मंगला गाउँपालिका र बेनी नगरपालिकाको समेत उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। वर्षा र हिमपातले ग्रामीण यातायात प्रभावित भएको छ। हिमपातको कारण माथिल्लो भेगका विद्य

सम्बन्धित सामग्री

हिमपातले सुक्न थालेको बाली पलाउने आशामा किसान

सिमकोट – गत मंगलबार रातिबाट परेको हिमपातका कारण किसान खुसी भएका छन्। सुक्न थालेको जेठासी बाली पलाउने र नउम्रेको बाली उम्रने भएपछि किसान निक्कै खुसी भएका हुन्। जिल्लामा हिमपात सुरु भएपछि किसानलाई राहत पुग्ने भएको छ। तीन दिन लगातार भइरहेको वर्षा र हिमपातले किसानलाई निकै खुसी बनाएको छ। कात्तिकमा छरेको जेठासी बाली (जौ, गहुँ र […]

खडेरीले उवा र गहुँ बाली पहेँलियो

सिमकोट – किसानले लगाएको उवा र गहुँ (जेठासी ) बाली जमिनमै पहँेलिन थालेको छ। लामो समयसम्म पानी र हिमपात नभएपछि किसानले छरेको बाली उम्रेर पहँेलिन सुरु भएको हो। नाम्खा गाउँपालिका– २ का किसान लामु लामाले कात्तिक महिनायता खडेरीको कारण खेत गह्रामा छरेको जेठासी बाली उवा र गहुँ उम्रेर पहँेलिन थालेको बताइन्। लामो समय पानी र […]

हिमपात नहुँदा खेतमै बाली सुक्दै

पुसको अन्तिमसम्म हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्न थालेको छ।

उत्तरी हुम्लामा हिमपात, हिउँले उवा ढाक्याे

एक सातादेखि परेको अविरल वर्षासँगै हुम्लाको उत्तरी नाम्खा गाउँपालिका -६ लिमिमा हिमपात भएकाे छ। हिमपात भएसँगै पाकेर भित्र्याउन थालेकाे जेठासी बाली उवा हिउँले ढाँकेकाे हो। एक सातादेखि परेकाे अविरल वर्षासँगै नाम्खा गाउँपालिका-लिमिमा हिउँ...

रुकुम पूर्वमा पुनः हिमपात, जनजीवन अस्तव्यस्त

रुकुम पूर्व । रुकुम पूर्वमा पुनः हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पहिले परेको हिउँ पूर्ण रूपमा बिलाउन नपाउँदै बिहीबार रातिदेखि पुनः हिमपात भएको हो । हिमपातले लेकाली बस्ती सेताम्य भएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेको छ । पटकपटक हिमपात भएपछि बाली सप्रिने आशाले किसान भने खुसी भएका छन् । पुसमा बाक्लो हिउँ […] The post रुकुम पूर्वमा पुनः हिमपात, जनजीवन अस्तव्यस्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

जुम्लामा तेस्रोपटक हिमपात : किसानमा छायो खुसी

खलङ्गा, २१ माघ: जुम्लामा बिहीबार रातिदेखि भारी हिमपात भएपछि त्यहाँका किसानले उत्पादन गरेको हिउँदेबालीलाई निकै फाइदा हुने भएपछि जिल्लाका किसानमा खुसी छाएको छ । आफूहरूले लगाएको बाली सप्रिने भएपछि त्यहाँका किसानमा खुसी छाएको हो । जुम्लाको माथिल्लो भेगमा निकै बाक्लो हिमपात भएको गुठीचौर गाउँपालिका स्थानीयवासी दीपक बुढाले बताए । बुधबारदेखि मौसममा फेरबदल आएसँगै जिल्लामा हिमपात […]

रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन अस्तव्यस्त

रुकुम पूर्व : रुकुमपूर्वमा पुनः हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। पहिले परेको हिउँ पूर्ण रूपमा बिलाउन नपाउँदै बिहीबार रातिदेखि पुनः हिमपात भएको हो। हिमपातले लेकाली बस्ती सेताम्य भएका छन्। हिमपातसँगै अत्याधिक चिसो बढेको छ।पटकपटक हिमपात भएपछि बाली सप्रिने आशाले किसानहरु खुसी भएका छन्। पुसमा बाक्लो हिउँ परेपछि अन्नबाली, फलफूल, जडीबुटी सप्रिने किसानको भनाइ छ।सडक अवरुद्धबाक्लो हिमपातका कारण यातायात सेवा अवरुद्ध भएको छ। सदरमुकाम रहेको रुकुमकोटदेखि पुथाउत्तरगंगा गाउँपालिका जाने सहिदमार्गमा बाक्

वर्षा र हिमपातपछि बैतडीका किसानलाई बाली सप्रिने आस

बैतडी : वर्षा र हिमपातले बैतडीका किसान खुसी भएका छन्। यहाँका उच्च पहाडी क्षेत्रमा  यो महिना दोस्रोपटक बुधबार हिमपात भएको हो। यसअघि माघ १० गते पनि यहाँ हिमपात भएको थियो।  केही दिनदेखि मौसम परिवर्तनले यहाँको देहीमाडौं, ढोल्यामोड, अनारखोली, खोडपे, सुपले, रौलाकेदार, सतबाँझ कठपते लगायतका स्थानमा हिमपात भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।वर्षासँगै हिमपात भएपछि बाली सप्रिने आशामा किसानहरु खुसी भएका छन्। हिमपात र वर्षाले गहुँ लगायतका हिउँदेबाली सप्रिने

डोल्पामा भारी हिमपात, जनजीवन कष्टकर

डोल्पा- डोल्पाको माझफाल गाउँमा भएको भारी हिमपात भएको छ । हिउँ परेपछि हिउँदे बाली राम्रो हुने भएकाले किसान खुशी छन् । तर हिमपातका कारण बढेको चिसोले जनजीवन कष्टकर भएको छ । हिमपातले बाहिर निस्कन सर्वसाधारणलाई समस्या भएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षासँगै हिमपात, राजमार्ग अवरुद्ध

१४ पुस, धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षासँगै हिमपात भएको छ । मंगलबार रातिदेखि सुदूरपश्चिमका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातसँगै वर्षा भएको छ । लामो समयपछि हिमपातसँगै पानी परेको भन्दै यी जिल्लाका किसानहरु हिउँदे बाली सप्रिने भन्दै खुसी भएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको हगुल्टे, बैतडीको अनारखोली,  खोड्पे, सतबाँझ, श्रीभाबर, बजपानीलगायतका क्षेत्रमा बाक्लो हिमपात […]