मेकइन नेपाल स्वदेशी अभियान  सञ्चालन गर्न  सरकार र परिसंघ बीच समझदारी

असार १०, काठमाडौं । नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेकइन नेपाल स्वदेशी’ अभियान सञ्चालनका लागि नेपाल सरकार र परिसंघ बीच बिहीवार समझदारी भएको छ । परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रवर्द्धन गर्ने लक्ष्यका साथ अगाडि बढाएको सो अभियानमा सरकारले सहयोग गर्न लागेको हो ।            प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागीले नेपाललाई स्वावलम्बी, आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्रका रूपमा विकास गर्न यस अभियान र समझदारी कोशेढुङ्गा सावित हुने बताए। उनले सरकारले नीतिगत र प्रक्रियागत रूपमा सरलीकरण गरिरहेको छ, लगानीको वतावरण पनि तयार भइरहेको छ, अब उपलब्धि हासिल हुने गरी निजी क्षेत्रले काम गर्ने बेला आएको बताए ।   कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले अभियानको महत्व र त्यसले पार्ने प्रभावका बारेमा जानकारी दिँदै सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।    

सम्बन्धित सामग्री

उद्यमशीलता अभिवृद्धिका लागि बहुपक्षीय समझदारी

काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अगुवाइ र नेपाल बिजनेश इन्ष्टिच्युट (एनबिआई)सँगको सहकार्यमा प्रदेशस्तरमा उद्यमशीलताको विकास एवं प्रवर्द्धन, लगानी विस्तार, उत्पादकत्व एवं रोजगारी वृद्धि र वित्तीय पहुँच अभिवृद्धिका लागि बहुपक्षीय समझदारी भएको छ । बहुपक्षीय समझदारीपत्रमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, सिबिफिनका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, एनबिआईका अध्यक्ष विशाल गैरे, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव र फेडेरेसन अफ नेपाल एक्स्पोटर्स एसोसिएसन (एनएफईए)का उपाध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका छन् । साथै डेभलपमेन्ट बैंकर्स संघ नेपाल, नेपाल वित्तीय संस्था संघ र होटेल संघ नेपाल समझदारीपत्रमा हस्ताक्षरको प्रक्रियामा रहेको सिबिफिनले बताएको छ । समझदारी कार्यक्रममा प्रमुख अतिथि रहेका योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले देशको आर्थिक विकासका लागि सरकार र निजीक्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताए । नेपाली मौलिक उत्पादनको आधुनिकीकरण एवं व्यवसायीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ । गरीब, विपन्न, पिछडिएका घरपरिवारको वित्तीय पहुँच बढाउन र गाउँगाउँमा आर्थिक गतिविधि विस्तारमा यस्ता कार्यक्रमले टेवा पुर्‍याउने विश्वास उनले व्यक्त गरे । यसमा आयोगको सदैव साथ र सहयोग रहने उनले बताए । सिबिफिनका संस्थापक अध्यक्ष एवं उद्योगी पवन गोल्यानले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पुर्‍याउन सके मात्र देशको दिगो आर्थिक विकास सम्भव हुने बताए । सरकार र सम्बद्ध पक्ष नेपाललाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाई कृषि उपजको निर्यातमार्फत अर्थतन्त्र बलियो बनाउन लाग्नुपर्नेमा उनले जोड दिए । देश, आम उद्यमी व्यवसायी तथा जनताको हितका लागि सिबिफिनले गरेको परिकल्पनाले क्रमश: सार्थकता पाउँदै गएको उनको भनाइ छ । समग्र अर्थतन्त्रको दिगो विकासमा सिबिफिनले सहयोग र सहजीकरण गर्ने उनले बताए । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेत, गाउँगालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष पाण्डे, नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष केसी, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष यादव, एनएफईएका उपाध्यक्ष बुढाथोकी, डेभलपमेन्ट बैंकर्स संघका कार्यकारी सदस्य कपिल ढकाल र नेपाल वित्तीय संस्था संघका महासचिव उद्धवराज थपलियालगायतले कृषि, वनपैदावार, पर्यटन, जलविद्युत्, स्थानीय लघु, घरेलु, साना तथा मझौला उद्यमी एवं उद्योग जस्ता प्रचुर सम्भावना बोकेका क्षेत्रमा लगानी विस्तार गरेर अधिकतम लाभ लिन सकिने बताए । सिबिफिनका अध्यक्ष पौडेलले कोभिड र रुस–युक्रेन युद्धबाट बिथोलिएको उत्पादन तथा आपूर्ति शृंखलाले विश्वमा खाद्य सुरक्षा जटिल बनाएको बताए । यस्तो अवस्थामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि पनि कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा उनले जोड दिए । सिबिफिनले बैंकिङ क्षेत्रको सुधार, विकास एवं स्तरोन्नतिमा मात्र नभई समग्र अर्थतन्त्रको विकास र सबलीकरणमा निरन्तर कार्य गर्दै आएको उनले बताए ।

परिसंघका पदाधिकारी र ऊर्जामन्त्रीबीच छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधमण्डलले शुक्रवार मन्त्रालयमा मुलुकको अर्थतन्त्र, ऊर्जालगायत विषयमा छलफल गरेको हो ।  परिसंघका अध्यक्ष अग्रवालले जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता (पीपीए) खुला गर्न आग्रह गरे । प्रधानमन्त्रीको हालै भएको भारत भ्रमणका क्रममा भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरीद गर्ने समझदारी गरिसकेकाले जलविद्युत् आयोजनाको पीपीए पूर्ण रूपमा खुलाइनुपर्नेमा उनले जोड दिए ।  यसैगरी नेपाल विद्युत् प्राधिकरणको पुन:संरचना, प्रसारणलाइन निर्माण तथा विद्युत् व्यापारमा निजीक्षेत्रको संलग्नता गराउन उनले आग्रह गरे । विद्युत् निर्यात हुँदै गर्दा स्वदेशमै रहेका उद्योगले सहज रूपमा विद्युत् नपाइरहेको उनले बताए । यसले उद्योगहरूको उत्पादन लागत बढाएको उनको भनाइ छ । मन्दीमा रहेको अर्थतन्त्र उकास्न बजेटको प्रभावकारी कार्यान्वयनमा उनले जोड दिए । सो अवसरमा मन्त्री बस्नेतले समग्र ऊर्जाको विकासका लागि निजीक्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताए ।

‘मेक इन नेपाल–स्वदेशी’ अभियानमा परिसंघ र सरकार बीच समझदारी

असार ११, काठमाडौं । नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयन गर्नका लागि सरकारसँग समझदारी गरेको छ ।  परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले अघि बढाएको यस अभियान कार्यान्वयनमा सरकारले आफ्नो साझेदारी प्रस्तुत गरेको हो । बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको एक कार्यक्रममा सरकारका मुख्य सचिव शंकरदास बैरागीले देशलाई स्वावलम्बी, आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्रका रूपमा विकास गर्न यो अभियानसँगको साझेदारी कोसेढुंगा साबित हुने बताए । कार्यक्रममा परिसंघका अध्यक्ष सतीशकुमार मोरले स्वदेशी वस्तुको उत्पादनका लागि यो अभियान महत्वपूर्ण रहेको बताए  । त्यस्तै कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले समझदारीपछि अभियानका लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताए । नेपाली वस्तु र सेवाको उत्पादन वृद्धि तथा प्रवद्र्धन गरी निर्यात गर्नका लागि यो अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २४ गते गर्नुभएको थियो । यो अभियानको मुख्य उद्देश्य नेपाली उत्पादन वृद्धि गरी आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माण गर्न सहयोग गर्नु, नेपाली उपभोक्तालाई स्वदेशी उत्पादनको उपभोग गर्न प्रोत्साहन गर्नु र नेपाली उत्पादनको बजारीकरण गरी विश्व बजारमा नेपाली वस्तु र सेवाको उपलब्धता बढाउनु, देशभित्रै रोजगारीको पर्याप्त अवसर सिर्जना गर्नु र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिमा सहयोग गर्नु रहेको बताइएको छ ।

‘मेक इन नेपाल–स्वदेशी’ अभियानका लागि परिसंघ र सरकारबीच समझदारी

नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालनका लागि नेपाल सरकार र परिसंघबीच समझदारी भएको छ । परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले अघि बढाएको यस अभियान कार्यान्वयनमा नेपाल सरकारले प्रतिवद्धतासमेत जनाएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले नेपाललाई […]