पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न राससको तालिम केन्द्र

काठमाडौं– राष्ट्रिय समाचार समिति (रासस)ले पत्रकारिता क्षेत्रमा व्यावसायिक एवं दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता महसुस गरी चितवनको भरतपुरमा ‘तालिम केन्द्र भवन’ निर्माण गरेको छ ।  आमसञ्चारसँग सम्बन्धित सैद्धान्तिक, व्यावहारिक र प्राविधिक ज्ञान दिने उद्देश्यले सो तालिम केन्द्र भवन निर्माण गरेको हो । भरतपुर महानगरपालिका–१० मा राससको आफ्नै जमिनमा भूमिगत पार्किङसहित चार तलाको भवन तयार भएको […]