काठमाडौँ। गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ। आयोगका अध्यक्ष कार्कीसहितलाई विपक्षी बनाएर अधिवक्ता विपिन ढकालले आज दायर गरेको रिटमा आयोगका पदाधिकारीहरू निष्पक्ष छानबिन र विषयवस्तुबारे तटस्थ नभएको उल्लेख गरिएको छ। सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार […]