नेपाली कांग्रेस संस्थापन पक्षको भेला (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन बिहिबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गरेको छ ।  भेलाको अगुवाइ सभापति शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौला पक्षका नेताहरूले गरेका छन् ।  आयोजित भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी