म्याग्दी (बेनी)– म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा भएको छ । आज सदरमुकाम बेनीमा आयोजित एक समारोहबीच जिल्लालाई चालु आर्थिक वर्षमा गण्डकी प्रदेशमै पहिलो पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा गरिएको हो । स्वास्थ्यकर्मीहरूले गरेको घरधुरी सर्वेक्षणका क्रममा यहाँ १५ महिनामुनिका एक हजार २३५ जना बालबालिकाले नियमित खोप लगाइरहेको र अन्य सबै लक्षित उमेरका […]