काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुकको संवेदनशील भू–राजनीतिक अवस्था र बाह्य शक्तिहरूको बढ्दो प्रभावका बीच बीपी कोइरालाले अघि सारेको ‘राष्ट्रिय मेलमिलाप’ को नीति आज पनि उत्तिकै आवश्यक रहेको बताएका छन् । ४९औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बुधबार जारी गरिएको सन्देशमा उनले विगत पाँच दशकअघि जस्तै वर्तमान समयमा पनि विश्व राजनीतिमा महाशक्ति […]